के अनुष्का र विराटले भारत छाडेका हुन् ?

बलिउड नायिका अनुष्का शर्मा र उनका श्रीमान् क्रिकेटर विराट कोहलीले भारत छाडेको चर्चा मिडियामा खुबै चलेको छ । 

अनुष्का र विराटले अब बेलायतमा नै स्थायी बसोबास गर्न लागेको खबर सार्वजनिक भइरहेका छन् । भारतले ‘टि ट्वान्टी विश्वकप २०२४’को उपाधि जितेपछि खेलाडीहरूको भव्य स्वागत भयो । खेलाडीहरूलाई मुम्बईमा भव्य स्वागत गर्दै गर्दा विराट निकै खुशी देखिए । 

तर, उक्त स्वागत कार्यक्रम सकिए लगतै विराट लण्डन फर्किए । लामो यात्रा, स्वागत कार्यक्रममा सहभागी भएर थाकेका विराट सोही रात नै लण्डन फर्किएपछि उनीहरू बेलायतमा नै बस्न लागेको चर्चा सुरु भएको हो । 

अनुष्का र विराटले २ सन्तानका लागि यो निर्णय लिएको चर्चा भइरहेको छ । उनीहरू भारतमा निकै लोकप्रिय छन् । जसकाकारण, आफ्नो सन्तानका साथमा उनीहरू स्वतन्त्र भएर हिँड्न पाउँदैनन् । यहीकारण, विराट र अनुष्का कमै मात्र दर्शकले चिन्ने ठाउँमा सिफ्ट हुन खोजेको बताइएको छ । 

यो बिषयमा यी दुवैको कुनै पनि खालको प्रतिक्रिया आएको छैन । अनुष्काले पनि लामो समय लण्डनमा नै बिताउँदै आएकी छिन् । विराटले ‘अन्तराष्ट्रिय टि ट्वान्टी ’ खेलबाट सन्यास लिइसकेका छन् ।