फर्की फर्कीको ट्रेलरः ‘साइको हैन भगवान्’

यो बर्षकै बहुप्रतिक्षित फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । जेठको १० गते बुद्ध जयन्तीको अवसर पारेर रिलिज  हुन लागेको यो फिल्मको ट्रेलर आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । 

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा नयाँपन छ । निर्माता रोहित अधिकारीले मेकिङमा  दिल खोलेर खर्च गरेको देख्न सकिन्छ । 

यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ । नायक सलोन बस्नेतले फिल्ममा विशेष भूमिका निर्वाह गरेका छन् । 

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार भएको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माता, मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् । 

फिल्ममा सुयोग गुरुङको कथा तथा पटकथा, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, किरण थापाको कोरियोग्राफी छ । 

फिल्मको ट्रेलर हेर्दा यसले ट्राभल स्टोरीलाई भन्न खोजेको छ । नायक अनमोल केसीले यो फिल्ममा उत्कृष्ट अभिनय गरेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । नेपाली फिल्म क्षेत्रमा फेरि लभ स्टोरीको साथमा नयाँ शैलीको कथा फर्किएको आभाष यो फिल्मको ट्रेलरले गरेको छ । फिल्मका प्रोडक्शन हेड शंकर पाण्डे हुन् ।