बर्ष २०८१ः नीति शाहदेखि गरिमा शर्मासम्मको भाग्य परिक्षा

गतबर्ष नेपाली फिल्म क्षेत्रमा प्रवेश एक दर्जन कलाकार मात्र अधिकांश असफल भए । उनीहरुले, दोस्रो फिल्म पनि पाउँछन् या पाउँदैनन् भन्न सकिने अवस्था छैन । नयाँ कलाकारको आगमन भएन भने फिल्म क्षेत्रमा कलाकारको अभाव हुन थाल्छ । यसैले, हरेक बर्ष केही आशा गरिएका अनुहारले फिल्म क्षेत्रमा प्रवेश पाउन आवश्यक छ । 

यो बर्ष पनि नेपाली फिल्म क्षेत्रमा केही आशा गरिएका कलाकारहरूले डेब्यू गर्दैछन् । उनीहरुको डेब्यू फिल्मले नेपाली फिल्म क्षेत्रमा केही आशा जगाउने अपेक्षा गर्न सकिन्छ । 

यो बर्ष नायिकाको रुपमा नीति शाहको डेब्यू हुँदैछ । वैशाखको २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘खजुरे ब्रो’ बाट नीतिले कुन बाटो तय गर्ने हुन्, पक्का हुनेछ । नीतिले अन्य ३ वटा फिल्ममा काम गर्ने पक्का भइसकेको छ । उनले धमाधम फिल्म साइन पनि गरिरहेकी छिन् । तर, यो बर्षको उनको डेब्यूलाई लिएर नेपाली फिल्म क्षेत्रले पनि आँखा लगाइरहेको छ । नीतिले ‘रुखान, ज्वाइँ साब’ साइन गरिसकेकी छिन् । 

यो बर्ष फिल्म ‘लण्डन टू पेरिस’बाट मोडल गरिमा शर्माले पनि डेब्यू गर्दैछिन् । यो फिल्ममा गरिमा सह–नायिकाको रुपमा देखिदैछिन् । तर, फिल्म क्षेत्रले उनीमाथि आशा भने निकै गरेको छ । उनले नै अभिनय गरेको अर्को फिल्म ‘ह्रस्व दीर्घ’ पनि यही बर्ष रिलिज हुँदैछ । यसैले, यो बर्ष गरिमाका लागि भाग्य परीक्षा हो भन्दा फरक नपर्ला । 

फिल्म ‘लण्डन टू पेरिस’बाटै नायकको रुपमा निश्चल खड्काले पनि डेब्यू गर्दैछन् । निश्चलको डेब्यू राम्रो भएको खण्डमा फिल्म क्षेत्रमा देखिएको नायकको अभाव केही हदसम्म पुर्ती हुनेछ । मोडलिङमा राम्रै स्थान जमाएका निश्चलको फिल्मी यात्रा दर्शकका लागि पनि विशेष हुनेछ । 

यो बर्ष फिल्म ‘फर्की फर्की’बाट रवि काफ्ले र समृद्धि अर्यालले पनि डेब्यू गर्दैछन् । जेठको १० गतेबाट रिलिजमा आउने भयो फिल्मको मुख्य भूमिकामा त नायक अनमोल केसी र नायिका जसिता गुरुङ मुख्य भूमिकामा छन् । तर, रवि र समृद्धिका लागि यो फिल्म विशेष हुनेछ । 

फिल्म ‘दान्भी’बाट नायक कुन्साङ बोमजोमले पनि फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । मोडलिङमा राम्रो चर्चा पाइसकेका कुन्साङको फिल्म डेब्यू लाई लिएर फिल्मीकर्मीको आँखा परेको छ । यो फिल्मबाट उनको चर्चा भएको खण्डमा उनले पनि यो क्षेत्रमा राम्रो स्थान बनाउनेछन् । 

फिल्म ‘बर एण्ड बधु’बाट नायक विवेक कर्मचार्यले यो बर्ष फिल्म क्षेत्रमा पाइला राख्नेछन् । विवेकको काम हेर्न दर्शक र फिल्मीकर्मी उत्साहित छन् । विवेकले यो फिल्मका लागि आफ्नो शरीर सुगठित पनि बनाएका छन् । मिलन चाम्सको निर्देशनमा तयार भइरहेको यो फिल्ममा विवेक आँचल शर्मासँग देखिएका छन् । 

यस्तै, फिल्म ‘मोदीवेनी’बाट स्नेहा भट्टराईले पनि फिल्म क्षेत्रमा पाइला राख्दैछिन् । यो फिल्ममा उनले राम्रो काम गरेको खण्डमा उनको करिअर फिल्म क्षेत्रमा सुखद बन्न सक्छ । 

यो बर्ष फिल्म निर्माणको संख्या पनि बढेको छ । जसकाकारण, अन्य केही कलाकारहरूले पनि यो बर्ष फिल्म क्षेत्रमा प्रवेश पाउनेछन् । हेरौं, यो बर्ष कुन नयाँ अनुहारको बुलन्द प्रस्तुतिले दर्शकको मन जित्ने हो ।