‘आइसी डिजाइनर रन वे’मा प्रियंकादेखि दीपिकासम्मको क्याटवाक

नेपाली फिल्मका चर्चित नायिकादेखि पूर्व मिस नेपालसम्म एउटै र्याम्पमा उत्रिने भएका छन् । चैत्रको १६ गते आयोजना हुन लागेको ‘आइसी डिजाइनर रनवे’मा नायिकाहरू प्रियंका कार्की, मलिना जोशी, नीति शाहदेखि पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पणजंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका सेलिब्रिटीहरु एकसाथ र्याम्पमा उत्रिन लागेका हुन् ।
उनीहरू, शो स्टपरको रुपमा विभिन्न आकर्षक पहिरनमा र्याम्पमा उत्रिन लागेका हुन् ।
‘आइसी डिजाइनर रनवे’मा भारत, रसीया, सर्बिया लगायतका १३ अन्तराष्ट्रिय मोडलको समेत सहभागिता रहनेछ । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरु प्रस्तुत गर्नेछन् ।
अन्तराष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको सहभागिता रहने शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले लिएको छ । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइसीसी डिजाइनर रनवे’लाई प्रस्तुत गर्न लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
शोमा आइसी कलेजका सन् २०२१ ब्याजका ७३ विद्यार्थी डिजाइनरहरूले तयार पारेका फरक–फरक पहिरन १५ सिक्वेलमा प्रस्तुत हुनेछ ।

‘मोडल हन्ट नेपाल’को उपाधि विवश र नेहालाई

‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ को चौथो सँस्करणको घोषणा

नेशनल डिजाइनर रन वेको उपाधि प्राङ्देनलाई

‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई
मोडल हन्ट नेपाल’को नयाँ संस्करण सुरु

नेपाली सुन्दरी सबी थापाले जितिन् ‘ड्याज्लीङ डिभा’ अवार्ड

विवाहित महिलाहरुको ट्यालेन्ट सो

प्रतिक्रिया