यस्तो छ ‘बडे मिया छोटे मिया’को ट्रेलर

अप्रिलको १० तारिखबाट रिलिजमा आउन लागेको बलिउड फिल्म ‘बडे मिया छोटे मिया’को ट्रेलर सार्वजनिक गरिएको छ । पूजा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा अली अब्बास जफरको लेखन तथा निर्देशन छ । 

यो फिल्ममा अक्षय कुमार, टाइगर श्राफ, पृथ्वीराज, सोनाक्षी सिन्हा, मानुषी छिल्लर लगायतका कलाकारको अभिनय छ । 

फिल्मको ट्रेलरमा दुई स्टार नायकहरूले भारतलाई जोगाउन गरेको संघर्ष र मिसनको कथा छ । फिल्ममा खलपात्रको अनुहार भने देखाइएको छैन ।

फिल्मको मेकिङ गज्जब छ । कथावस्तुमा भारत र पाकिस्तानको लडाइलाई नै प्राथमिकता दिइएको छ । 

इदको अवसर पारेर रिलिजमा आउन लागेको फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।