ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को बर्चस्व

विश्वकै प्रतिष्ठित फिल्मी अवार्ड ‘अस्कर अवार्ड’मा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । ओस्कार अवार्डको ९६ औं सँस्करणमा उत्कृष्ट फिल्मसहित ७ विधामा ‘ओपेनहाइमर’ले अवार्ड जितेको छ । 

यो फिल्मले उत्कृष्ट निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, ब्याकग्राउन्ड स्कोरको विधामा अवार्ड जितेको छ । 

यो फिल्मबाट निर्देशक क्रिस्टोफर नोलनले अवार्ड जिते । यस्तै, यही फिल्ममा अभिनेता किलियन मर्फीले पनि अवार्ड जितेका छन् । रोबर्ट डाउने जुनियरले पहिलो पटक यही फिल्मबाट उत्कृष्ट सहायक अभिनेताको विधामा अवार्ड जितेका छन् । 

अवार्ड जितेपछि उत्कृष्ट अभिनेता आफू सबैसँग क्रृणी रहेको बताए । उनले, आफू आइरिस हुनुको नाताले गर्व गर्ने तर्क समेत गरे । उनले अवार्ड जितेपछि भने–‘हामीले आणविक बम सिर्जना गर्ने मानिसको बारेमा फिल्म बनाएका हौं । राम्रो वा नराम्रो जे भएपनि हामी सबै ओपेनहाइमरको संसारमा बाँचिरहेका छौं जस्तो लाग्छ । म यो अवार्ड शान्तिकर्ताहरुलाई समर्पित गर्न चाहन्छु ।’

यस्तै, बेलायतको ‘द जोन अफ इन्ट्रेस्ट’ उत्कृष्ट अन्तराष्ट्रिय फिचर विधामा उत्कृष्ट हुन पुग्यो । यस्तै, यो फिल्मलाई उत्कृष्ट ध्वनीको अवार्ड समेत प्राप्त भएको छ । 

अमेरिकाको लस एन्जलसको डब्ली थिएटरमा आयोजना भएको अवार्ड समारोहमा विश्वका चर्चित सेलिब्रिटीहरुको उपस्थिति थियो ।