मेहेन्दीमा रमाएकी नन्दिता

नायिका नन्दिता केसी भोलि बैबाहिक जीवनमा बाँधिँदै छिन् । तर, उनको बिहेको रमझम भने बिहिबारबाट नै सुरु भएको छ । बिहिबार आयोजित मेहेन्दी सेरोमोनीमा उनी निकै खुशी देखिइन् । 

नन्दिताले अमेरिकामा बस्दै आएका अरविन्द्र कटवालसँग बिहे गर्न लागेकी हुन् । उनीहरुको बिहेमा सीमित फिल्मीकर्मीलाई मात्र बोलाइएको छ । मेहेन्दी सेरोमोनीमा नायिका स्वेता खड्का, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई लगायत पुगेका थिए । 

मेहेन्दी सेरोमोनीमा नन्दिता र अरविन्द्र एक अर्कासँग रोमान्टिक देखिए । नन्दितालाई फूल दिँदै अरविन्द्रले माया साटेका थिए । 

नन्दिता पनि केही बर्षदेखि अमेरिकामा रहँदै आएकी छिन् । यी दुइको मागी बिबाह हो । नन्दिताले केही दिन अगाडि सामाजिक संजालबाट नयाँ जीवनको सुरुवात गर्न लागेको उल्लेख गरेकी थिइन् । 

तस्विर टौवा इभेन्ट्स