‘सिनेमा संवाद’का लागि सिक्लेस पुगे फिल्मीकर्मी
_jtXyBfnF0s_opdx36fap44wi0ftf5demahfplzdmavc31ug9tbdqisd69tptlybjh9gyvfe_hzq0iUxxMN_ljwaowe5qe0fyiuxuscje6v5ivjqvtacuptadrhhcnnspfbm8wxdhs3p0vsj.jpg)
चलचित्र पत्रकार संघ, कास्की शाखाको आयोजनामा आजबाट मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसमा ‘सिनेमा संवाद’ नामक कार्यक्रम सुरु भएको छ । सोमबारसम्म चल्ने कार्यक्रमका लागि काठमाडौंबाट १५ जना फिल्मीकर्मी र पत्रकारहरू सिक्लेस पुगेका छन् ।
यस्तै, पोखराबाट पत्रकार र साहित्यकार गरि करिब ७५ जना सिक्लेस पुगेको कास्की शाखाका अध्यक्ष प्रभु अधिकारीले मेरो फिल्मलाई जानकारी दिएका छन् ।
पोखराबाट बेलुकी सिक्लेस पुगेको फिल्मीकर्मी, पत्रकार र साहित्यकारको टोलीलाई स्थानीयबासिहरुले भव्य स्वागत गरेका थिए । उनीहरूलाई फूलमालासहित भव्य स्वागत गरिएको हो ।
९० जना भन्दा बढी फिल्मीकर्मी, साहित्यकार र पत्रकारको टोली सोमबारसम्म सिक्लेसमा रहेर विभिन्न विषयमा अन्तरक्रिया गर्नेछ ।
आज फिल्म हेर्ने कार्यक्रम भएपनि चिसो बढेकाले भोलीलाई सारिएको बताइएको छ । भोलि विभिन्न ४ वटा विषयमा अन्तरक्रिया हुनेछ । कार्यक्रममा ‘सिनेमा र सरकार : हिजो, आज र भोलि’, ‘नेपाली सिनेमाको स्वाद : कस्तो छ ? कस्तो हुनुपर्छ ?’ र ‘सिनेमा भित्र म, म भित्र सिनेमा : अनुभव ’ विषयमा बहस गरिनेछ । कार्यक्रममा चलचित्र क्षेत्रका विद्धत व्यक्तिहरूले अन्तरक्रिया गर्ने अध्यक्ष अधिकारीले बताए।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, चलचित्र निर्देशक एवं लेखक प्रकाश सायमी, कलाकार तथा चलचित्र निर्देशक दिपाश्री निरौला, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवं कलाकार आकाश अधिकारी, चलचित्र निर्देशक एवं कलाकार अनुप बराल , अभिनेत्री दिया मास्के, निर्देशक एवं लेखक मनोज पण्डितले आफ्ना विचार राख्नेछन् ।
सहजकर्ताको भूमिकामा सञ्चारकर्मी रजतपटमा संचालक प्रकाश सुवेदी, पत्रकार सुरज सुवेदी र सञ्चारकर्मी एवं रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोता सन्जोग बस्याल रहने जानकारी गराइएको छ । कार्यक्रम विकास बोर्डका अध्यक्ष केसीको प्रमुख आतिथ्यतामा हुनेछ ।
अधिकारीले ‘सिनेमा र सरकार : हिजो, आज र भोलि’ विषयमा वक्ताहरू चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार एवं चलचित्र निर्देशक दिपाश्री निरौला, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवं कलाकार आकाश अधिकारीले बहस गर्ने बताए ।
जसमा सहजकर्ताको भूमिकामा नेपाली सिने क्षेत्रसँग सम्बन्धित रहेर लामो समय देखि सञ्चारकर्म गर्दै आएका एपीवान् टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदी रहनेछन् । उक्त सेसनमा सरकार र सिनेमाको सम्बन्ध र आगामी तयारीका विषयमा बहस हुनेछ।
‘नेपाली सिनेमाको स्वाद : कस्तो छ ? कस्तो हुनुपर्छ ?’ विषयमा वक्ताहरू चलचित्र निर्देशक एवं कलाकार अनुप बराल, चलचित्र निर्देशक एवं लेखक प्रकाश सायमी र लेखक- निर्देशक एवं समीक्षक मनोज पण्डित रहनेछन् । जसमा सहजकर्ताको भूमिकामा लेखक तथा चलचित्र समीक्षक सुरज सुवेदी रहनेछन् । उक्त सेसनमा नेपाली सिनेमाको कथावस्तुको विषयमा चर्चा हुनेछ ।
यस्तै ‘सिनेमा भित्र म, म भित्र सिनेमा : अनुभव’ विषयमा वक्ताहरू चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेत्री गौरी मल्ल र अभिनेत्री दिया मास्के रहनेछन् । जसमा सहजकर्ताको भूमिकामा रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोता सञ्चारकर्मी सन्जोग बस्याल रहने जानकारी गराइएको छ । उक्त सेसनमा केसी मल्ल र मास्केले आफ्नो कलाकारिता अनुभव प्रस्तुत गर्नेछन् ।
तस्विरः पूकार पूर्जा
प्रतिक्रिया