‘फर्की फर्की’को सेटमा रातभर बसे सलिन, कमब्याकबारे के भन्छन् ?

नायक सलिनमान बनियाँ फिल्म ‘फर्की फर्की’को सेटमा रातभर बसे । आइतबार बेलुकी ठमेलको एक बारमा फिल्मको छायांकन भइरहँदा उनी रातभर बसेका थिए । सलिनमान नायकद्धय अनमोल केसी र सलोन बस्नेतसँग नजिक छन् । 

यसैले, यी दुवै नायक सेटमा हुँदा सलिनमान पनि सेटमै  रमाए । उनले, फिल्मको रातभरको सुटिङमा दुई कलाकारलाई साथ दिए । यतिमात्र होइन, दुवै कलाकारले टेक दिएपछि सलिनमानले ताली समेत बजाइरहेका थिए । 

नेपाली फिल्म क्षेत्रमा अनमोल, सलिन र सलोन निकै नजिकका साथी मानिन्छन् । फुर्सदको समयमा उनीहरूले एक अर्कासँग समय पनि बिताइरहेको देख्न सकिन्छ । 

फिल्ममा कमब्याक गर्ने विषयमा भने सलिनमान मौन देखिए । उनले, फिल्ममा काम गर्ने वा नगर्ने विषयमा केही पनि भनेनन् । तर, आफूहरूलाई नजिकका साथीदेखि फिल्मीकर्मीले फिल्ममा काम गर्नुपर्छ भनिरहेको उनले सुनाए । 

सलिनमानलाई लिएर फिल्म बनाउन मेकरहरु अहिले पनि उत्साहित छन् । तर, उनी भने आफ्नै रेष्टुरेण्ट व्यवसायमा बढी केन्द्रित छन् । 

अनमोल, सलिन र सलोनलाई लिएर फिल्म बनाउने विषयमा पनि निर्माताहरूको सोच गएको देखिन्छ । फिल्म ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले यी तीन कलाकारलाई लिएर फिल्म बनाउने विषयमा आफूले पनि सोचिरहेको तर्क गरे । 

अनमोल, सलिन र सलोनले एकैसाथ फिल्ममा काम गरे भने त्यसले पक्कै पनि बक्स अफिसमा धमाका मच्चाउने विश्वास गर्न सकिन्छ । तर, के सलिनमाले ‘यात्रा’पछि ब्याक भएको आफ्नो करिअरलाई अगाडि बढाउन जागर देखाउलान् त ?