'मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने

सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने भएको छ ।
मिस युनिभर्स नेपालको आयोजक हेरफेर भएसँगै बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स २०२४’ आयोजनाको आधिकारिता आफूले प्राप्त गरेको जानकारी दिएको हो ।
अबदेखि नेपालमा यो पेजेन्टको आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले आयोजना गर्ने जानकारी दिइएको छ । आयोजकको रुपमा उमंग क्रिएसन बाहिरिएपछि ग्लोबल ग्ल्यामर भेन्चरले स्वामित्व लिएको हो । उमंग अगाडि मिस युनिभर्स नेपाल ‘मिस नेपाल’ आयोजक द हिडन ट्रेजरले आयोजना गरेको थियो । हुन त नेपालमा द हिडन ट्रेजरले मिस युनिभर्सको आयोजना गरेयता तेस्रो हेरफेर हो ।
पत्रकार सम्मेलन कार्यक्रममा ‘मिस युनिभर्स नेपाल–२०२४’को राष्ट्रिय निर्देशकमा संगीता पुरी, संस्थाको अध्यक्षमा आलोक क्षेत्री र सीईओमा सबी पुरी रहेको जानकारी दिइयो ।
मिस युनिभर्सल वुमिन–२०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्ला र कोच अलेक्जेण्डर गोन्जालेज, नेपाल पर्यटन बोर्डका सिईओ डा. धनन्जय रेग्मी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा महिलाको अधिकार, पहिचान र प्रतिभालाई विश्वमाझ चिनाउने उद्देश्यले यो वर्षबाट ग्लोबल ग्ल्यामर भेन्चर मिस युनिभर्स नेपालमा जोडिएको राष्ट्रिय निर्देशक संगीता पुरीले बताइन् ।
‘किन र कसरी यो प्रतियोगिताबाट पुरानो आयोजक हट्नु भयो हामीलाई थाहा भएन ।’ ‘आयोजकको रुपमा चिनाउन पाउँदा हामी गौरवान्तित छौं । महिलाको अधिकार, पहिचान र प्रतिभालाई विश्वमाझ चिनाउने उद्देश्यले यस वर्षदेखि हामीले पेजेन्ट गर्दैछौं,’ पुरीले भनिन् ।
पत्रकार सम्मेलनमा मिस युनिभर्सल वुमिन–२०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्ला र कोच अलेक्जेण्डर गोन्जालेज, नेपाल पर्यटन बोर्डका सिईओ डा. धनन्जय रेग्मी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रमका लागि केही साताअघि नेपाल आइपुगेकी मिस युनिभर्सल वुमिन–२०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्लाले आफ्नो सौन्दर्य प्रतियोगिताको यात्राको बारेमा बताइन् । उनले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, खाना र आतिथ्यको प्रशंसा गर्दै आफ्नो परिवार पनि नेपाल घुम्न आउन उत्साहित रहेको बताइन् । सांस्कृतिक सौन्दर्य र मिठासले मलाई लोभ्याएको उनको भनाई थियो । उनी पहिलो पटक नेपाल आएकी हुन् ।
‘यदि मैले कुनै एउटा छनोट गर्नुपर्यो भने मैले अवश्य नेपाल छान्छु । किनभने यहाँको सांस्कृतिक सौन्दर्य र मिठासले मलाई लोभ्याएको छ,’ उनले भनिन्, ‘१८ वर्ष नाघेका नेपाली युवतीले मिस युनिभर्स भाग लिएर आफूलाई अझै समृद्ध तुल्याउन सक्नुहुन्छ ।’
कोच गोन्जालेजले नेपालका विभिन्न पेशामा प्रतिभावान् मानिस रहेको भन्दै प्रशंसा गरे । मिस युनिभर्स २०२४ को फिनाले चाहिं आगामी सेप्टेम्बर २८ मा मेक्सिकोमा आयोजना हुँदैछ ।
मिस युनिभर्स नेपाल पुरानै मापदण्डअनुसार आयोजना हुनेछ । प्रतियोगितामा १८ वर्ष नाघेका विश्वभरका नेपालीले सहभागी जनाउन सक्नेछन् । नेपालको विजेताले मेक्सिकोमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिताको लागि आगामी अप्रिलबाट आवेदन फर्म खुल्ला हुनेछ ।
प्रतियोगिताको निर्णायक तथा अन्य जानकारी ‘मिस युनिभर्स नेपाल’को आधिकारी पेजबाट गराइने आयोजकले जनाएको छ ।

‘मोडल हन्ट नेपाल’को उपाधि विवश र नेहालाई

‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ को चौथो सँस्करणको घोषणा

नेशनल डिजाइनर रन वेको उपाधि प्राङ्देनलाई

‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई
मोडल हन्ट नेपाल’को नयाँ संस्करण सुरु

नेपाली सुन्दरी सबी थापाले जितिन् ‘ड्याज्लीङ डिभा’ अवार्ड

विवाहित महिलाहरुको ट्यालेन्ट सो

प्रतिक्रिया