दसौँ मिसेस हिमालयन नेपाल बनिन् अनुषा

मिसेस हिमालयन नेपाल २०२३ को ताज ओखलढुंगाकी अनुषा कार्की पहिरिन सफल भएकी छिन् ।
हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित कार्यक्रमको दसौँ संस्करणको विजेता अनुषा बन्न पुगेकी हुन् ।
नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमा अनवरत सञ्चालित कार्यक्रममध्ये एक मिसेस हिमालयन नेपाल विवाहित महिलाहरूको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता हो ।
कार्यक्रमको फस्ट रनर अपमा अनिषा घजु र सेकेन्ड रनर अपमा राज्यलक्ष्मी कर्माचार्यले आफ्नो स्थान सुरक्षित राख्न सफल भएका छन् ।
सिनीयर फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सञ्चालित सो कार्यक्रममा एक दर्जन प्रतियोगीहरूले दुई साता सम्म व्यक्तित्व विकास बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, बौद्धिक विकाश लगायतका विविध विषयमा तालिम लिई पारगत रूपमा आफूलाई स्टेजमा उतारेका थिए ।
स्टेजकी अभिनेत्री समेत रहेकी कोरीयोग्राफर सुब्बाले प्रतियोगीहरूलाई ‘मलाइ आँखैको परेलीमा’ बोलको गीतमा सुन्दर नृत्य समेत गराएकी थिइन ।
परिचय चरण, प्रश्नोत्तर चरण, लिखित चरण र क्राउनिङ चरणहरूमा सम्पूर्ण प्रतियोगीहरूले आफूलाई प्रमाणित गर्ने कोशिस गरेका थिए । अभिनेता तथा फिल्मकर्मी सीमान्त उदास, अभिनेत्री मोडल शुष्मा अधिकारी, मोडल तथा मिस्टर ह्यान्डसम नेपाल अभिषेक खड्का, मिसेस मंगोल नेपाल २०२३ सरिता गुरुङ निर्णायक मण्डल रहेको सो कार्यक्रममा कलाकारहरूले चित्ताकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विविध सबटाइटलहरू समेत वितरण गरिएको थियो जसमा अनुषा कार्की मोस्ट एट्राक्टीभ, अनिषा घजु मोस्ट एयाक्टीभ, राज्यलक्ष्मी कर्माचार्य मोस्ट डाइनामिक, मोस्ट करिज्म्याटीक पन्चु लिम्बु, मोस्ट स्मार्ट रोज खड्गी, मोस्ट सिन्सियर मन्जीला राई, मोस्ट अनेष्ट शुष्मा रसाइली, मोस्ट इनर्जेटिक जयन्ति डंगोल, मोस्ट डिलिजेन्ट सुमित्रा तामाङ, वेष्ट फोटोजेनीक सुनु थापा, मोस्ट डिलाइटफुल कृष्णा श्रेष्ठ, मोस्ट पपुलर पन्चु लिम्बु, पब्लिक च्वाईस भिडियो अवार्ड मन्जीला राईले हात पार्न सफल भएका थिए । विवाहित महिलाहरूको क्षमता, प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ । कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गरेका थिए ।

‘मोडल हन्ट नेपाल’को उपाधि विवश र नेहालाई

‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ को चौथो सँस्करणको घोषणा

नेशनल डिजाइनर रन वेको उपाधि प्राङ्देनलाई

‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई
मोडल हन्ट नेपाल’को नयाँ संस्करण सुरु

नेपाली सुन्दरी सबी थापाले जितिन् ‘ड्याज्लीङ डिभा’ अवार्ड

विवाहित महिलाहरुको ट्यालेन्ट सो

प्रतिक्रिया