‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

साउथका हिट निर्देशक सन्दीप रेड्डीको प्रतीक्षित फिल्म ‘एनिमल’ भोलीबाट हलमा लाग्दैछ । यो फिल्मले बक्स अफिसमा बिष्फोटक व्यापार गर्ने देखिएको छ । 

फिल्मले भारतमा मात्र ४० देखि ५० करोडको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको क्रेज ह्वात्तै बढेको हो । 

यो फिल्म हेर्नका लागि दर्शकले हलमा ३ घन्टा २१ मिनेट समय बिताउनुपर्नेछ । पछिल्लो समय साढे २ घण्टाको फिल्मलाई त दर्शकले लामो मानिरहेको अवस्थामा सन्दिपले ३ घन्टा २१ मिनेट लामो फिल्म तयार पारेका छन् । 

यो फिल्मलाई ओटिटीमा भने ४ घन्टाको रिलिज गरिनेछ । निर्देशक रेड्डीले ओटिटीमा फिल्मको समयावधि ४ घण्टाको हुने बताएका छन् । 

फिल्ममा रनवीर कपुरको अभिनय देखेर फ्यानहरु उत्साहित देखिएका छन् । फिल्ममा अनिल कपुर, बबी देवल र रश्मिका मन्दनाको मुख्य भूमिका छ । रनवीरले फिल्ममा साइको छोराको भूमिका निर्वाह गरेका छन् । 

यो फिल्मले नेपालमा पनि विष्फोटक व्यापार गर्ने देखिएको छ । भोलिका लागि देशभरका मल्टिप्लेक्सले उच्च शो दिएका छन् । र अधिकांश शोहरु सोल्ड आउट हुने क्रममा छन् ।