यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

फिल्म ‘कान्तरा’ले बक्स अफिसमा बम्पर व्यापार गर्यो । रिसभ सेट्टीको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्मले विश्व बजारमा आक्रामक व्यापार गरेपछि यसको चर्चा अहिले पनि उस्तै छ । अब, यो फिल्मको निर्माणपक्षले यसको प्रिक्वेल निर्माणको घोषणा गरेको छ ।

आज फिल्मको फस्टलुक सार्वजनिक गरिएको छ । ‘कान्ताराः च्याप्टर १’ नाम दिइएको फस्टलुकमा कलाकार रिसभ सेट्टीलाई प्रस्तुत गरिएको छ । 

हम्बल फिल्मसको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन पनि रिसभले नै गर्नेछन् । 

यो फिल्मले नेपालमा पनि सुखद कमाई गरेको थियो । यसैले, यसको प्रिक्वेललाई लिएर दर्शकमा उत्साह छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।