‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

डिसेम्बर २१ तारिखबाट रिलिजमा आउन लागेको फिल्म ‘डंकी’को पहिलो गीत रिलिज भएको छ । ‘लुट पुट गया’ बोलको गीत आज युट्युब मार्फत सार्वजनिक गरिएको हो । 

प्रितमको संगीतमा तयार भएको गीतमा अर्जित सिंहको स्वर छ । गणेश आचार्यले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् । 

राजकुमार हिरानीको निर्देशनमा तयार भएको यो फिल्ममा साहरुख खान, तापसी पन्नु, विक्की कौशल, वोमन हिरानी लगायतका कलाकारको अभिनय छ । 

यो फिल्मले अवैध बाटोबाट लण्डन जान हिडेका यूवाहरुको कथा भनेको छ । फिल्मको टिजरले दर्शकको साथ पाइसकेको छ । गीतले फिल्मको हाइप अझै बढाउने विश्वास गरिएको छ ।