‘द किङ्ग’मा एकसाथ देखिदै साहरुख–सुहाना

नायक साहरूख खानले अर्को बर्ष नयाँ फिल्म ‘द किङ्ग’मा काम गर्ने पक्का भएको छ । यो फिल्ममा मुख्य नायिकाको रुपमा साहरूखकी छोरी सुहाना खानले काम गर्दैछिन् । 

छोरीको डेब्यू फिल्ममा साहरूखले पनि काम गर्न लागेका हुन् । यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्माण गर्दैछन् । जसले, फिल्म ‘पठान’ निर्देशन गरेका थिए । 

यो फिल्मको निर्देशन सुजय घोषले गर्दैछन् । सस्पेन्स, थ्रीलर कथामा निर्माण हुन लागेको फिल्ममा सुहानाको भूमिका के हुने खुलाइएको छैन ।

तर, बलिउडका राजा उपनामले चिनिएका साहरूखले फिल्ममा ‘किङ्ग’को भूमिका भने निर्वाह गर्ने छैनन् । फिल्मको शीर्ष भूमिकामा सुहानालाई नै प्रस्तुत गर्न लागिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्मको छायांकन आउँदो बर्षको जनवरी महिनाबाट सुरु हुनेछ । साहरूखको मुख्य भूमिका रहेको फिल्म ‘डंकी’ क्रिसमसको अवसर पारेर रिलिज हुँदैछ ।