‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?

यो बर्ष आयोजना भएको ‘मिस यूनिभर्स २०२३’को उपाधि जित्ने नेपालको सपनामा धक्का लागेको छ । नेपाली प्रतिस्पर्धी जेन दीपिका गारेट अन्तिम २० भन्दा माथि उक्लिन सकिनन् ।
नेपाली प्रतिस्पर्धीले उपाधि जित्न नसके पनि उनको चर्चा भने अन्तराष्ट्रिय मिडियादेखि नेपालमा पनि खुबै भइरहेको छ । यसको मुख्य कारण हो, दीपिकाको ‘प्लस साइज’ फिगर । उनलाई अन्तर्राष्ट्रिय मिडियाले ‘प्लस साइज मोडल’को रुपमा चित्रित गरिरहेका छन् ।
यतिमात्र होइन, उनको चर्चा भइरहँदा आलोचना पनि भइरहेको छ । दीपिकाले सौन्दर्यको मापदण्डलाई नै तोडेर यो प्रतिस्पर्धामा भाग लिएको भन्दै समाचार सार्वजनिक भइरहेका छन् । तर, नेपाली सेलिब्रिटीदेखि सामाजिक संजाल प्रयोगकर्ताले भने दीपिकाको प्रशंसा गरिरहेका छन् ।
दीपिकाले यो प्रतिस्पर्धाको सुरुवातमा भने निकै चर्चा पाएकी थिइन् । उनले जति बेला नेशनल कस्ट्युमदेखि स्वीमसुट राउन्डमा आफूलाई उभ्याइन्, त्यतीबेला भने उनले खुबै चर्चा पाइन् । दीपिकाले अन्तिम ५ मा आफूलाई उभ्याउने आकलन गरिएको थियो । नेपालको आयोजकको पनि यही आशा थियो । तर, दीपिका अन्तिम १० मा पनि पुग्न सकिनन् ।
दीपिकाले यो प्रतिस्पर्धामा भाग लिन पाउँदा आफू अत्यन्त खुशी भएको उल्लेख गरेकी छिन् । उनले, सौन्दर्य प्रतियोगिताको परम्परागत मापदण्डलाई तोड्न पाउँदा आफू निकै नै खुशी भएको उल्लेख गरेकी छिन् । उनले, आफ्नो जीवनको यो क्षणलाई आफूले निकै कदर गर्ने पनि लेखेकी छिन् ।
दीपिकाले प्रतिस्पर्धा जित्न नसके पनि खुबै चर्चा पाइन् । अहिले सामाजिक संजालदेखि भिडियो प्लेटफर्ममा उनको भिडियोले खुबै चर्चा पाइरहेको छ । ७२ औं श्रृङ्खलाको ‘मिस यूनिभर्स’को उपाधि भने निकारागुआकी सेनिस पलासियोसले जितेकी छिन् ।

‘मोडल हन्ट नेपाल’को उपाधि विवश र नेहालाई

‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ को चौथो सँस्करणको घोषणा

नेशनल डिजाइनर रन वेको उपाधि प्राङ्देनलाई

‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई
मोडल हन्ट नेपाल’को नयाँ संस्करण सुरु

नेपाली सुन्दरी सबी थापाले जितिन् ‘ड्याज्लीङ डिभा’ अवार्ड

विवाहित महिलाहरुको ट्यालेन्ट सो

प्रतिक्रिया