रिलिजको चौथो दिनमा २० करोडमा झर्यो ‘टाइगर ३’को व्यापार

आइतबारदेखि रिलिजमा आएको बलिउड फिल्म ‘टाइगर ३’ले ४ दिनमा १६५ करोडको व्यापार गरेको छ । आइतबार ४३ करोडको व्यापार गरेको फिल्मले सोमबार ५८ करोड र मंगलबार ४३.५० करोडको व्यापार गरेको थियो । तर, बुधबार फिल्मको व्यापार २०.५० करोड मात्र भएको छ ।
बुधबार भारत र न्यूजिल्याण्डको क्रिकेट खेल भएका कारण मध्यान्नदेखि फिल्मको व्यापारमा भारी गिरावट आएको हो । अर्कोतिर, फिल्मको वर्ड अफ माउथ समेत निकै कमजोर भएका कारण फिल्मको व्यापार आक्रामक हुन सकिरहेको छै न।
यो फिल्मले साहरुख खानको ‘पठान र जवान’को रेकर्ड ब्रेक गर्ने धेरैको अपेक्षा थियो । तर, फिल्मको व्यापारको अवस्था हेर्दा यसले ३ सय करोडको व्यापार पनि भारतमा गर्न गाह्रो पर्ने देखिएको छ ।
फिल्मले अन्य भाषामा ४.७५ करोडको व्यापार गरेको छ । मनिष शर्माको निर्देशक, यशराज ब्यानरको निर्माणमा तयार भएको फिल्ममा सलमान खान, कट्रिना कैफ, इमरान हाश्मी लगायतका कलाकारको अभिनय छ ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया