मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_vztHTUL4Qq_4hjgnj1estqrsde0hpektskq5zrjlyvediaseiemxwblpoexxyieopavroew.jpg)
विवाहित महिलाहरूबिचको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक गरिएको छ।
प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्धारा राजधानीको नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा आयोजित एक समारोहका बिच मिसेस् नेपाल वर्ल्ड–२०२३ टप २३ सार्वजनिक गरिएको हो। समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बरसमेत प्रदान गरिएको छ। प्रतियोगिताको अन्तिम स्पर्धामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुकता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा सहभागी छन् ।
प्रतिष्पर्धीहरुले आफ्नो परिचय दिँदै प्रतियोगितामा भाग लिनुको उद्देश्यबारे प्रष्ट पारेको कार्यक्रममा अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अभिनेता आर्यन सिग्देल, फिल्म निर्देशक दिनेश राउत, गायिका जुनु रिजाल, अभिनेता गजित विष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, कलाकार सागर लम्साल, कार्यक्रम आयोजक अनुप सक्सेनालगायत सहभागी थिए।
प्रतिष्पर्धीहरुले विभिन्न चरणहरू पार गर्दै आगामी कात्तिक २ गते राजधानीमा सम्पन्न हुने प्रतियोगिताको अन्तिम स्पर्धामा ताजका लागि प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट २३ प्रतिस्पर्धी अब व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षणमा व्यस्त रहने छन्। अन्तिम प्रतिस्पर्धामा कोरियोग्राफर अश्विनीकान्त झाले कोरियोग्राफी गर्नेछन्।
अन्तिम प्रतिस्पर्धाको समारोहमा मिसेस् नेपाल वर्ल्ड–२०२३ का अन्य सबटाइटल विजेताको पनि घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए। मिसेस् नेपाल वर्ल्ड–२०२३ का विजेताले आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस् वर्ल्ड–२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन्। मिसेस् नेपाल वर्ल्ड–२०२३ को विजेताले भने आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस् वर्ल्ड–२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन्। अन्तिम प्रतिस्पर्धाको समारोहमा मिसेस् वर्ल्ड–२०२२ की विजेता सरगम कैशल पनि सहभागी हुनेछिन्।

‘मोडल हन्ट नेपाल’को उपाधि विवश र नेहालाई

‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ को चौथो सँस्करणको घोषणा

नेशनल डिजाइनर रन वेको उपाधि प्राङ्देनलाई

‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई
मोडल हन्ट नेपाल’को नयाँ संस्करण सुरु

नेपाली सुन्दरी सबी थापाले जितिन् ‘ड्याज्लीङ डिभा’ अवार्ड

विवाहित महिलाहरुको ट्यालेन्ट सो

प्रतिक्रिया