कस्मिर फाइल्स, गदर-२ जस्ता फिल्म लोकप्रिय हुनु अत्यन्त डरलाग्दो र हानिकारक - नसरुद्दिन शाह

बलिउड अभिनेता नसरुद्दिन शाहले 'द कस्मिर फाइल्स', 'द केरेला स्टोरी' तथा 'गदर-२' जस्ता फिल्मको लोकप्रियताप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले निर्माताहरुले यस्तो फिल्म बनाएर 'धेरै हानिकारक' काम गरेको बताएका छन् । 

फ्रि प्रेस जर्नललाई दिएको अन्तरवार्ता उनले यस्तो बताएका हुन् । 

'अहिले तपाईं जति अन्धराष्ट्रवादी त्यति नै लोकप्रिय बन्नुहुन्छ किनकी अहिले यो मुलुकमा यसकै शासन चलिरहेको छ । तपाईंले राष्ट्रलाई माया गरेर मात्र पुग्दैन त्यसको बाजा पनि बजाउनुपर्छ र काल्पनिक शत्रुहरुको श्रृजना गर्नुपर्छ', उनले भने ' केरला स्टोरी र गदर-२ जस्ता फिल्म, जसलाई मैले हेरेको पनि छैन तर ती केका बारेमा हुन मलाई थाहा छ ।  हैरानीको कुरा के छ भने कस्मिर फाइल्स जस्ता फिल्म अति नै चर्चित छन् जबकी सुधिर मिश्रा, अनुभव सिन्हा र हन्सल मेहेताहरु जसले आफ्नो समयको सत्यलाई प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्, सतहमा आएका छैनन् । तर, महत्वपूर्ण के छ भने यिनीहरुले कथा भन्न छोड्नुहुँदैन्, जारी राख्नुपर्छ ।'

'नयाँ पिँढिकालागि उनीहरु जिम्मेवार हुनेछन् । सय वर्षपछि मानिसहरुले 'भीड' हेर्नेछन् र उनीहरुले 'गदर-२' पनि हेर्नेछन् र देख्नेछन् कि कसले हाम्रो समयको सत्य देखायो किनकी फिल्ममात्र त्यस्तो माध्यम हो जसले यो गर्नसक्छ', उनले थपे 'अमूर्तताको साहारा लिन कठिन छ र जीवन जस्तो छ त्यस्तै बनाउन पनि कठिन हुन्छ । त्यसकारण अहिले जे भइरहेछ त्यसका लागि प्रतिगामी शब्द पनि मध्यम शब्द हो । फिल्मकर्मीहरुले गलत कुराहरुलाई प्रशंसा गरिरहेका छन् र अर्को समुदायलाई बेकारण निचा देखाइरहेका छन् जुन डरलाग्दो छ । यो खतरनाक शैली हो।'

शाह छिट्टै नै विशाल भारद्वाजको 'चार्ली चोपडा' वेबसिरिजमा देखिनेछन् । सिरिजमा उनकी पत्नी रत्ना पाठक शाह र दुबै छोरा विवान शाह तथा इमाद शाह देखिनेछन् ।