साम्राज्ञीमा देखिएको मौनता

यदि, कुनै कलाकारको स्टारडम एकैपटक आकाशमा पुग्यो र त्यती नै चाँडो धर्तीमा बजारियो भन्दै उदाहरण खोज्ने हो भने, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अग्रपंक्तिमा आउँछिन् । २–४ वर्ष जसरी उनको स्टारडम आकाशियो, त्यसरी नै अहिले बजारिएको छ । 

साम्राज्ञीलाई लिएर मेकरहरुले फिल्म बनाउन रुची देखाएको देखिँदैन । उनको फिल्म ‘नाङ्गो गाउँ’ मात्र रिलिजको क्रममा छ । यी बाहेक उनले फिल्ममा काम गरेको खबर छैन । 
यदि, व्यस्त नायिकाको एकाएक फिल्म क्षेत्रमा कमजोर अवस्था किन बन्यो ? उनी आफैले पनि यो विषयमा समीक्षा गरेको हुनुपर्छ । 

नेपाली फिल्ममा अहिले नयाँ नायिकाहरु हाबी भैरहेका छन् । मिरुना मगर, पूजा शर्मा, स्वस्तिमा खड्का, बेनिशा हमाल, उपासना सिंह ठकुरी, मलिका महतहरु अहिले सर्वाधिक व्यस्त छन् । तर, साम्राज्ञी भने पछिल्लो समयमा मौनता साँधिरहेकी छिन् । साम्राज्ञीको मौनताको अर्थ के होला ?

विभिन्न विवादमा परेका कारण पनि साम्राज्ञीलाई फिल्म क्षेत्रदेखि मन भरिएको अड्कल धेरैको छ । अर्कोतिर, यस्तै विवादका कारण उनीमाथि लगानी गर्न निर्माताले जोखिम नमोलेको विश्लेषण पनि हुन थालेका छन् । निरन्तर फ्लप फिल्मका कारण पनि साम्राज्ञीलाई घाटा लागेको देखिन्छ ।