दयाले बनाएको ‘काजी’को छवि विपिनलाई बनाउन कति सहज ?

फिल्म ‘कबड्डी’को ४ वटा श्रृङ्खलाले नायक दयाहाङ राइलाई काजीको रुपमा स्थापित गर्यो । काजीको बिहे कहिले हुन्छ भन्ने प्रश्नका कारण पनि दर्शकले यो फिल्मलाई निकै माया गरे । यही सिरिजले दयालाई फिल्म क्षेत्रको ‘काजी’को रुपमा स्थापित गर्यो । 

दयाले ‘कबड्डी’को सिरिजमा काजीको भुमिका निर्वाहा गरेका थिए । तर, यही पात्रले उनलाई काजीको रुपमा स्थापित गर्न सफल भएको थियो । 

अब, नायक विपिन कार्कीले त ‘काजी’ नाम गरेको फिल्ममा नै अभिनय गर्दैछन् । लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको ‘काजी’ फिल्ममा विपिन शिर्ष भूमिकामा देखिन लागेका हुन् । 

फिल्म क्षेत्रमा ‘काजी’ भन्ने वित्तिकै दर्शकलाई दयाको याद आउँछ । यसैले, ‘काजी’ फिल्मको शिर्ष भूमिकामा पनि दयाले नै काम गर्छन् कि भन्ने अनुमान मिडियाकर्मी र दर्शकलाई थियो । तर, यसपटक लक्ष्मण रिजाल र निर्माता रामप्रसाद रिजालले ‘काजी’को रुपमा प्रस्तुत गर्दैैछन् । 

विपिनलाई दयाले स्थापित गरिसकेको छवि आफूलाई बनाउन सहज छैन । यसका लागि विपिनले मात्र होइन, लक्ष्मणले पनि कथामा निकै ठूलो मिहिनेत गर्नुपर्ने हुन्छ । 

यदि, विपिन र लक्ष्मणले फिल्मलाई बलियो बनाउन सकेनन् भने दर्शकले दयालाई नै मिस गर्नेछन् । यसैले, विपिनलाई ‘काजी’को रुपमा प्रस्तुत हुन चुनौती नै चुनौती छ ।