निश्चल बस्नेत ‘काले केटा’को ब्रान्ड एम्ब्यासडरः स्वस्तिमा खड्का

नायिका स्वस्तिमा खड्काले आफ्ना श्रीमान् निर्देशक निश्चल बस्नेतलाई ‘काले केटा’को ब्रान्ड एम्ब्यासडर बताएकी छिन् । बिहिबार आयोजना भएको फिल्म ‘ऐंचोपैंचो पैंचो’को ‘काले केटाले’ बोलको गीत सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । 

यो गीतमा निश्चल बस्नेतलाई नृत्य गराउने विषयमा कुराकानी भएको थियो हो भन्ने प्रश्नमा स्वस्तिमाले उनलाई राख्ने विषयमा टिम भित्र छलफल मात्र भएको बताइन् । उनले भनिन्–‘उहाँलाई राख्ने कि भन्ने विषयमा कुराकानी भएको हो । उहाँ बाहेक अन्य कलाकारको विषयमा पनि कुराकानी नभएको होइन । तर, उहाँ आएर वर्कशप नै गरेको भन्ने होइन ।’

स्वस्तिमाले यसो भन्दै गर्दा निर्देशक कृषा चौलागाईंले निश्चलले अभिनय नगरे पनि उनकै लागि यो गीत समर्पित गरेको बताइन् । निश्चललाई राख्ने कि भन्ने विषयमा कुराकानी भएको तर उनलाई प्रस्ताव नै राखेर कुरा अगाडि भने नबढेको उनको भनाई छ । 

निर्देशक निश्चल बस्नेतले फिल्म ‘पर्व’मा समावेश ‘काले केटा’ बोलको गीतमा नृत्य गरेका थिए ।