महंगी उपासना


नायिका उपासना सिंह ठकुरीले गतबर्ष अभिनय गरेका २ वटा फिल्ममध्ये ‘२ नम्बरी’ बक्स अफिसमा चम्कियो । तर, अर्को फिल्म ‘डिसेम्बर फल्स’ले पानी पनि भन्न पाएन । यो फिल्मबाट उपासनालाई सबैले दिने गरेको ‘लक्की नायिका’को ट्याग समेत हट्यो । तर, पनि उपासनाको डिमान्ड नेपाली फिल्म बजारमा कम भएको छैन । 

यो बर्ष उनले ‘२ नम्बरी’ टिमले नै बनाइरहेको ‘हात्तीछाप’ नामक फिल्ममा काम गरिरहेकी छिन् । यो फिल्मको काठमाडौंको छायांकन सकेर यसको टिम पोखरा लागेको छ । 

यसैबिच, हालैमात्र एक फिल्मबाट गरिएको अफरमा नायिका उपासना सिंह ठकुरीले महंगो पारिश्रमिक मागेकी छिन् । उपासनाले उक्त फिल्मका लागि १० लाख पारिश्रमिक डिमाण्ड गरेकी छिन् । उसो त, उपासना फिल्मको अफर आउँदा आफ्ना माता पितासँग सोध्नुपर्छ भन्ने तर्क समेत गर्छिन् । 

उनै, उपासनाले १० लाख रूपैयाँ पारिश्रमिक मागेपछि फिल्मको निर्माणपक्ष अन्यौलमा छ । उपासनाको कारणले नै फिल्म चल्छ या चल्दैन भन्ने बजारले अहिलेसम्म पुष्टि गर्न सकेको छैन । यस्तो अवस्थामा उपासना महंगी बन्दा उनलाई लिएर फिल्म बनाउनेहरू झस्किएका छन् । 

यसअघि १० लाख हुनु पर्नेमा १० रूपैयाँ सम्प्रेषण भएकोमा क्षमाप्रार्थी छौँ।- सम्पादक