सारुकको संझनामा बौद्ध स्तुपामा दीप प्रज्ज्वलन


असारको २१ गते आफ्नै निवासमा आत्महत्या गरेका नायक सारुक ताम्रकारको संझनामा काठमाडौंको बौद्ध स्तुपामा दीप प्रज्ज्वलन गरिएको छ । सारुकको तस्वीरको अगाडि दीप प्रज्ज्वलन गर्दै गर्दा उनका नजिकका साथीभाई, आफन्त र परिवारका सदस्यहरू भक्कानिए । 

दीप प्रज्ज्वलन गर्न नेपाली फिल्मका कलाकारहरू समेत पुगेका थिए । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा सिवाकोटी, मलिना जोशी, सुष्मा कार्की, श्रद्धा क्षेत्री, निर्देशक रेनशा वान्तवा राई, निर्माता प्रज्ज्वल शमशेर जबरा लगायतले सारुकलाई संझदै दीप बाले । 

यस्तै, गायक नितेश जंग कुँवरदेखि भ्लगर सिसन बाँनिया, पूर्व मिस नेपाल अश्मी श्रेष्ठले पनि सारुकको संझनामा दीप प्रज्ज्वलन गरे । 




दीप प्रज्ज्वलनमा सारुकका माता पिता समेत उपस्थित थिए । छोराको तस्विर अगाडि दीप प्रज्ज्वलन गर्दै गर्दा पिता सानु ताम्रकारका आँखा रसाएका थिए । 

दीप प्रज्ज्वलन कार्यक्रममा गायक नितेश जंग कुँवर, भ्लगर सिसन बानियाँ लगायतले सारुकको व्यक्तित्वको चर्चा गरेका थिए । उनीहरूले सारुक राम्रो मान्छे भएरै छोटो समयका लागि यो संसारमा आएको रहेछ भन्दा सबैको आँखा रसाएका थिए । 

फिल्म ‘ह्यासट्याग माया’को छायांकन सकेर घरमा आएका सारुकले असार २१ गते आत्महत्या गरेका थिए । उनको आत्महत्याको कारण पत्ता लगाउन प्रहरीले सोधपुछ पनि जारी राखिरहेको छ । 


यो पनि पढ्नुहोस्

सुटिङमा नम्रताको हेरचाह गर्थे सारुक, चक्कु भाँचिएपछि सुरु भएको थियो विवाद

सारुक आत्महत्या प्रकरणमा प्रहरीले सोधपुछका लागि ‘ह्यासट्याग माया’का निर्माता र निर्देशकलाई बोलायो

‘ह्यासट्याग माया’ टिमलाई तान्त्रिकले भनेका थिए–‘चाडो सुटिङ सक्नु, अर्को पूजा गर्नुपर्छ’

सारुक प्रकरणबारे नयाँ तथ्यः मसानघाटमा बोका काटेर बुटी बाँधिएको थियो !

सारुक आत्महत्या प्रकरणः सबैको ध्यान मोबाइलतिर

सारुक आत्महत्या प्रकरणः सामाजिक संजाल गर्मिदै, मलिनाले गरिन् छानबिनको माग

बाबु आमालाई पार्टीमा आउँछु भनेका सारुकले अचानक किन रोजे आत्महत्याको बाटो ?

नायक सारुक ताम्राकारले गरे आत्महत्या

नम्रताले विवाद निकाल्दा ‘ह्यासट्याग माया’को छायांकन लम्बियो