सुटिङमा नम्रताको हेरचाह गर्थे सारुक, चक्कु भाँचिएपछि सुरु भएको थियो विवाद

कलाकारको अड्चनले ‘ह्यासट्याग माया’को क्लाइमेक्स सुटमा निर्माताको ५० लाख स्वाहा

नायक सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीले गम्भिर भएर छानबिन अगाडि बढाइरहेको छ । सोमबार मात्र फिल्मका निर्देशक राजिव गुरुङ र निर्मात्री शर्मिला थापासँग करिब ४ घन्टा सोधपुछ गरेको छ । कसैको पनि किटानी जाहेरी नपरेकाले प्रहरीले यो घटनालाई आफ्नै तबरले छानबिन गरिरहेको देखिन्छ । 

सारुक ताम्राकारले फिल्म ‘ह्यासट्याग माया’को छायांकन सकेर घर फर्किएपछि आत्महत्या गरेका थिए । फिल्मका निर्देशक राजिवले हालै दिएको एक अन्तरवार्तामा सारुकले आत्महत्या गरेको दिन छायांकनका क्रममा नायिका नम्रता श्रेष्ठसँग बादबिबाद भएको खुलाइसकेका छन् । बादबिबाद भएपछि सारुक, नम्रता र अर्का नायक रोयदिप श्रेष्ठ बुढानिलकण्ठमा फिल्मको टिमले लिएको घरमा पुगेका थिए । सोही घरबाट फर्किएपछि सारुकले रातो पुलस्थित आफ्नो घरमा आत्महत्या गरेका थिए । 

कुन बिषयमा भएको थियो बिबाद ?

असार २० गते बिहिबार बिहान ५ बजेसम्म फिल्मको छायांकन गरिएको थियो । दृश्यमा नायक सारुकले नायिका नम्रता श्रेष्ठलाई रेप गर्नुपर्ने थियो । सो दृश्यको छायांकनका क्रममा नम्रताले आफूलाई केही गाह्रो भएको भन्दै सारुकलाई चिमोटेकी थिइन् । तर, सारुकले नम्रताको भाव वुझेनन् । यस्तै, सो दृश्यको छायांकनका क्रममा नम्रताले नै सारुकलाई फिल्मको अधिकांश यूनिटलाई सेटबाट हटाउन भनेकी थिइन् । सारुककै आग्रहमा निर्देशक, छायांकारसहितको ६ जनाको टिम मात्र बसेको थियो । 

तर, दृश्य सकिएपछि नम्रताले यही बिषयमा विवाद झिकिन् । बलात्कारको दृश्यको क्लाइमेक्स खिच्ने क्रममा आफूले यूनिटलाई सेटबाट हटाउन भनेपनि नहटाएको, आफूलाई असहज भएको कुरा नवुझेको बिषयमा नम्रताले सारुकसँग विवाद झिकेकी थिइन् । सो विवाद सुटिङ सेटमा केही समय भयो । यसपछि, सारुक, नम्रता र रोयदिप बुढालिनकण्ठमा रहेको घरमा पुगे । श्रोतका अनुसार, बिहान ११ बजेसम्म यही बिषयमा सारुक र नम्रताबिच बादबिबाद भएको थियो । 

नम्रतासँग बिबाद भैसकेपछि निराश भएर सारुक रातो पुलस्थित आफ्नै घरमा पुगेका थिए । उनले, आफ्नो कार घर बाहिर नै पार्किङ गरेको उनका पिता सानु ताम्राकारले खुलाइसकेका छन् । सोही दिन बेलुकी सारुकले आफ्नै घरको भर्याङमा झुण्डिएर आत्महत्या गरेका थिए । 

बर्दियामा निर्माताको ५० लाख स्वाहा

यो फिल्मको यूनिटले सुरुवातमै क्लाइमेक्सको दृश्य खिच्ने योजना बनायो । जसअनुसार, फिल्मका मुख्य कलाकार, प्राविधिक, निर्देशक, निर्माता सहितको टिम बर्दिया पुगेको थियो । उक्त फिल्मको यूनिट बर्दियामा १२ दिन सम्म बसेको थियो ।

बर्दियामा ३ दिनका लागि मात्र लोकेशन पक्का गरिएको थियो । तर, क्लाइमेक्स छायांकनको तेश्रो दिन सारुक ताम्राकारले दृश्य खिच्ने क्रममा नक्कली चक्कुको बिड फुस्किएपछि सुटिङ रोकिएको थियो । त्यस क्रममा सारुकले ‘दिमागले काम गरेन’ भनेको श्रोत बताउँछ । सारुकले विवाद झिकेपछि फिल्मको आर्ट टिमले कलाकारहरुले आफूहरुको कामलाई अपहेलना गरेको भन्दै माफी माग्नुपर्ने अडान राखेका थिए । यसपछि, नायिका नम्रता श्रेष्ठले पनि सारुकको पक्ष लिदै ‘चक्कुले मलाई लागेको भए के हुन्थ्यो’ भनेर विवाद तन्काएकी थिइन् । नम्रता र सारुकले फिल्मको आर्ट टिम परिवर्तन नभए सुटिङ नै नगर्ने भन्दै विवादलाई अगाडि बढाए । यसपछि, निर्माताले अब फिल्मको काम नै अगाडि नबढाउने अड्डी कसिन् । 

छायांकनका लागि चौथो दिन लोकेशन पनि नमिल्ने अवस्था आएपछि ३ दिन लगाएर खिचिएको क्लाइमेक्सलाई रिसुट गर्ने भन्दै सम्पूर्ण टिम काठमाडौं फर्किएको थियो । 

३ दिनको सुटका क्रममा निर्माता शर्मिला थापाको ५० लाख रुपैयाँ सकियो । काठमाडौंमा आएपछि विवादलाई मत्थर बनाएर निर्माण टिमले काम सुरु गरेको थियो । सो क्रममा फिल्मको आर्ट डिपार्टलाई नै परिवर्तन गरियो । सँगसँगै मेकअप र ड्रेस डिपार्टलाई पनि परिवर्तन गरिएको थियो । 

नम्रताको सम्पूर्ण हेरचाह गर्थे सारुक

फिल्मको छायांकनका क्रममा कुनै पनि समस्या आइपरे नायिका नम्रता श्रेष्ठले सारुकलाई भन्ने गरेकी थिइन् । सारुकले उक्त कुरा फिल्मको टिमलाई भनेर काम गर्थे । 

नम्रतालाई कुनै कुरा खान मन लागे, सुटिङ गर्न नसक्ने अवस्था भए, कही कतै जानु पर्ने भए सबै कुराको व्यवस्थापन सारुकले गर्दै आएका थिए । श्रोत भन्छ–‘सारुक टिमको पाइलट जस्तै थिए । नम्रता पाइलटलाई पनि निर्देशन दिने क्याप्टेन जस्तै थिइन् ।’

नम्रताकै कारणले सारुकले अन्य फिल्ममा समेत काम गर्न नपाएको चर्चा फिल्म वृत्तमा चल्ने गरेको छ । यसैले, सारुकले एउटै प्रोजेक्टका लागि ३ बर्ष समय बिताएका थिए । 

फिल्म ‘ह्यासट्याग माया’को स्क्रिप्ट सुरुवातमा अरु नै लेखकले लेखेका थिए । सो समयमा फिल्मको नाम ‘ग्रहण’ राखिएको थियो । तर, स्क्रिप्ट चित्त नवुझेको भन्दै सारुक र नम्रताले ‘ग्रहण’लाई रोकेका थिए । सुरुवातमा नायकको रुपमा पक्का भएका विनय श्रेष्ठले पनि यो प्रोजेक्टबाट हात झिकेका थिए । 

यसपछि, निर्माताले महिनाको १ लाख ७० हजार भाडा तिर्ने गरि बुढानिलकण्ठको घरमा उनीहरु आफैले स्क्रिप्ट लेखेका थिए । उनीहरु, यो घरमा २८ महिना बसे । स्क्रिप्ट लेख्दै जादा उनीहरुले अर्का नायकको खोजी गरे । यसपछि, फिल्ममा रोयदिप श्रेष्ठ जोडिए । रोयदिप जोडिएपछि सारुकले गर्ने भनेको भूमिका नम्रताले रोयदिपलाई गर्न भनिन् । उनकै आग्रहमा फिल्ममा भिलेन बन्न सारुक तयार भएका थिए । नम्रताले ‘रेप सिन’का क्रममा आफूलाई सहज हुने भन्दै सारुकलाई उक्त भूमिकामा काम गर्न मनाएकी थिइन् । 

फिल्म ‘ह्यासट्याग माया’को ४० प्रतिशत मात्र छायांकन सकिएको छ । सारुकको निधन भएसँगै फिल्मको भविष्य पनि अन्यौलमा परेको छ । निर्माताले पनि अब फिल्म अगाडि नबढाउने मनस्थिती बनाइसकेको वुझिन्छ । फिल्मको ४० प्रतिशत दृश्य छायांकन गर्दा ३ करोड रुपैयाँ सकिएको चर्चा छ । 

यो पनि पढ्नुहोस्

 

सारुक आत्महत्या प्रकरणमा प्रहरीले सोधपुछका लागि ‘ह्यासट्याग माया’का निर्माता र निर्देशकलाई बोलायो

 

‘ह्यासट्याग माया’ टिमलाई तान्त्रिकले भनेका थिए–‘चाडो सुटिङ सक्नु, अर्को पूजा गर्नुपर्छ’

 

सारुक प्रकरणबारे नयाँ तथ्यः मसानघाटमा बोका काटेर बुटी बाँधिएको थियो !

सारुक आत्महत्या प्रकरणः सबैको ध्यान मोबाइलतिर

सारुक आत्महत्या प्रकरणः सामाजिक संजाल गर्मिदै, मलिनाले गरिन् छानबिनको माग

बाबु आमालाई पार्टीमा आउँछु भनेका सारुकले अचानक किन रोजे आत्महत्याको बाटो ?

नायक सारुक ताम्राकारले गरे आत्महत्या

नम्रताले विवाद निकाल्दा ‘ह्यासट्याग माया’को छायांकन लम्बियो