‘महापुरुष’ नायिकाको बोल्ड फोटोसुट


फिल्म ‘महापुरुष’बाट उदाएकी नायिका हुन् अन्जना बराइली । यो फिल्म हिट भएपनि अन्जनाको करिअर अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन । यो फिल्मले बक्स अफिसमा बम्पर व्यापार गर्दा अन्जना पनि चर्चामा थिइन् । तर, फिल्म रिलिज भैसकेपछि अन्जनाको चर्चा सेलायो । 

उसो त अन्जनालाई नेपाली फिल्मका अधिकांश प्रिमियरमा देख्न पाइन्छ । निमन्त्रणा आएका अधिकांश फिल्मको प्रिमियरमा उनी पुग्ने गर्छिन् । अन्जनाले फिल्म ‘महापुरुष’मा नायक अरुण क्षेत्रीको प्रेमिकाको भूमिका निर्वाह गरेकी थिइन् । उनको भूमिकालाई दर्शकले मन पराएका पनि थिए । 

उनै, अन्जनाले हालै मात्र बोल्ड फोटोसुट गरेकी छिन् । उनले इन्स्टा ग्राममा बोल्ड फोटो सुटको तस्विर पोष्ट गरेकी छिन् । अधिकांश इन्स्टाग्राम प्रयोगकर्ताले उनको तस्वीरको तारिफ गरेका छन् । अन्जना फोटो सुटका क्रममा निकै खुलेको देख्न सकिन्छ । फिल्मको पर्दामा सफ्ट देखिएकी अन्जना फोटो सुटमा भने हट देखिएकी छिन् । 

अन्जनाले फिल्मको पर्दामा आफू सफ्ट मात्र होइन बोल्ड पनि बन्न सक्ने संकेत दिएकी छिन् ।