कुसुमको हट भिडियोले टिकटकमा आलोचना


गायक प्रकाश सपुतको गीत ‘फूलमाया’मा काम गरेपछि मोडल कुसुम शर्माले खुबै चर्चा पाइन् । उनै, कुसुमले अब त नयाँ फिल्म ‘सञ्जिवनी’मा काम पनि गर्दैछिन् । 

तर, उनै कुसुमको एउटा भिडियोले भने टिकटकमा निकै आलोचना भोगिरहेको छ । माथिल्लो भाग अत्यधिक खुलेको कुसुमको एक भिडियोलाई ‘भाइरल नेपाली’ नामक टिकटक आइडीबाट अपलोड गरिएको छ । भिडियोमा प्रतिक्रिया दिने अधिकांशले कुसुमको आलोचना गरेका छन् । 

कतिपयले उनलाई सफलता सम्हाल्न नसकेको आरोप लगाएका छन् भने कतिपयले कुसुम अब ‘सकम्बरी’ भएको जस्तो आरोप पनि लगाएका छन् । ६ दिन अगाडि अपलोड भएको भिडियोमा नानाथरी गालीगलौज आएपछि कुसुमले भिडियो हटाइदिन आग्रह गरेकी छिन् । तर, अपलोडकर्ताले अहिलेसम्म यो भिडियो हटाएका भने छैनन् । 

कुसुमले यो भिडियो आफूले अपलोड नगरेको भन्दै कसैको अनुमति विना भिडियो अपलोड गर्न नमिल्ने बताएकी छिन् । तर, अपलोडकर्ताले कुसुमको आग्रहलाई स्विकार गरेका छैनन् । 

भिडियोमा प्रतिक्रिया दिने अधिकांशले उनको शैली फेरिएको भन्दै भद्दा प्रतिक्रिया लेखेका छन् ।