आमेषको समीक्षासँग बिहे गर्ने कुराले तरंग


नेपाली फिल्म क्षेत्रमा सफलता कमाउन नसकेपछि नायक तथा मोडल आमेष भण्डारी अष्ट्रेलियातिर लागे । अष्ट्रेलियामा उनी रहेको समयमा गायिका समीक्षा अधिकारी पनि एक सांगीतिक कार्यक्रमको सिलसिलामै उतै पुगिन् ।

समीक्षा र आमेषको भेट भएपछि उनीहरुले टिकटकमा थुप्रै भिडियो बनाए । भिडियोमा मायाका कुराहरु धेरै थिए । यसपछि भने उनीहरुबिच प्रेम सम्बन्ध नै सुरु भएको चर्चा सुरु भयो । 

भलै, आजका दिनसम्म यी दुइले प्रेम सम्बन्ध नै रहेको स्विकार गरेका छैनन् । तर, नेपाल आएको समयमा आमेषले समीक्षासँग बिहे गर्न तयार रहेको प्रतिक्रिया दिए । समीक्षासँग आफूले बिहे गर्न पाए त्यो आफ्नो लागि पनि सौभाग्यको कुरा हुने आमेषको प्रतिक्रिया थियो । 

आमेषले समीक्षा असल यूवती रहेको भन्दै प्रतिक्रिया दिए । आमेषको यो  प्रतिक्रियासँगै पुनः एकपटक यी दुइको प्रेम सम्बन्धको चर्चा सुरु भएको छ । आमेषले समीक्षासँग प्रेम नरहेको तर भोलीको दिनमा के हुन्छ भन्न नसकिने समेत बताएका छन् ।

आमेषको यो प्रतिक्रियापछि के उनीहरु प्रेममा छन् त भन्ने प्रश्न उनीहरुको फ्यानबिच उठेको छ । आशा गरौं, समीक्षा र आमेषले चाडै नै यो कुराको जवाफ दिनेछन् ।