के नजिक भएका हुन् आशिरमान र परमिता ?

अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री परमिताराज्य लक्ष्मी राणा नजिकिएका छन् ।

आशिरमान र प्रमिताको निकटता यति धेरै गहिरिएको छ कि उनीहरूको प्रेम सम्बन्धको चर्चासमेत फिल्मवृत्तमा छ ।

उसो त, यी दुबै मुम्बईमा बसेर बलिउडमा प्रवेश गर्न लागेका छन् भने हल्लासमेत चलिरहेको छ । यता, परमिताले दक्षिण भारतीय फिल्ममा काम गर्न लागेको चर्चा छ । 

विशेष स्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार केही दिनअघि आशिरमानकी बैंकर आमा रविना देशराज जोशीको विवाह समारोहमा यी दुईसँगै देखिएका थिए । उक्त समारोहमा देखिएको निकटताले उनीहरुको प्रेम अंकुराउँदै गरेको छ भन्ने पुष्टि भएको छ ।

‘चपली हाइट २’ डेब्यू गर्ल परमिताको नाम यसअघि आशिरमानका दाजु आयुष्मानसँग जोडिएको थियो । दाजुसँगको ब्रेकअप पछि अहिले परमिताले भाइ आशिरमानसँग रोमान्स सुरु गरेकी छन् ।