पक्राउ परेका कलाकारलाई म्याद थपका लागि सरकारी वकील कार्यालय लगियो (फोटो फिचर)

अवैध अनलाइन सट्टेबाजीमा संलग्न भएको आरोपमा हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) र राजु पौडेल (राजु मास्टर) सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
‘वान एक्स बेट’मा विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा बल्छी धुर्वे, राजु मास्टर, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपालीलाई सरकारी वकीलको कार्यालयमा म्याद थपका लागि उपस्थित गराएको हो ।
प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरेका ८ जनालाई थप अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराएका थिए ।
बुधबार मात्रै प्रहरीले वान एक्स बेटमार्फत ६४ करोडको अवैध कारोबार गरेको फेला पारेको थियो । उक्त अवैध कारबार फेला परेपछि कलाकार पनि तानिएका हुन् ।
पक्राउ परेका कलाकारहरुले युट्युबबाट वान एक्स बेटको विज्ञापन गर्दै आएका थिए । पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो । उनीहरुले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखाएको प्रहरीको आरोप छ ।
सरकारले नेपालमा अनलाइन सट्टेबाजी गराउने वनएक्स बेटलगायत वेबसाइटमाथि प्रतिबन्ध लगाउने निर्णय गरे पनि अनलाइनमार्फत सट्टेबाजी गर्नेरगराउने प्रवृत्तिमा नियन्त्रण हुन सकेको छैन ।
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को ९क०मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा ९ख०मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
_pmeOvxzmgm_iekxoofooiuz7d1mwbioyjlkhtcxonicdnsjkwczmrdfv4loqjpqc8jijf6h_6JBGo8LMlK_hnpjkopiu09dgxtjk8ovokwbz87a7owc6rfbzs5nuat7387ws3kyhqjeykxy.jpg)
आँचलमा देखिएको परिवर्तन (फोटो फिचर)
_BERoAEifJx_k7na7okdduy8zimyyy0rnuy65xdagr9quzbxx6awqxrv8ox1uyjei64hpp0l_ydu7DWsSUK_bssz88er67uukm5rermi7tiijbtasr6uaxe76radfbqpqfb5jqmgw3qfehpc.jpg)
फिल्ममा असफल देखिएकी अदिती ग्ल्यामरमा सफलै सफल (फोटो फिचर )

ज्याकलिन फर्नान्डिजको ग्ल्यामरस अवतार (फोटो फिचर )

वर्षाको जीवन नै खल्लो भएकै हो ? (फोटो फिचर)

थाइल्याण्डमा खुलेकी साम्राज्ञी (फोटो फिचर)

अरुण र शुभेक्षाको होली (तस्बिरसहित)
हट स्वस्तिमा

प्रतिक्रिया