बालेनले ग्रेटर नेपालको नक्सा राखेपछि दीपकराजको यस्तो जवाफ


काठमाडौं महानागरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यलयमा ग्रेटर नेपालको नक्सा राखेपछि आज दिनभर सामाजिक संजाल तातिएको छ । भारतले आफ्नो नयाँ संसद भवनमा अखण्ड भारत भन्दै नेपाली भूभाग समेत समावेश गरेर नक्शा राखेपछि बालेनले यसको जवाफ दिएका हुन् । 

बालेनले ग्रेटर नेपालको झण्डा राखेपछि सर्वत्र चर्चा भैरहेको छ । तर, कलाकार तथा निर्माता दीपकराज गिरीले भने घुमाउरो रुपमा बालेनलाई जवाफ दिएका छन् । दीपकले लेखेका छन्–‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा भए के गर्थे होलान् । भूइको टिप्न नखोजौं, भएकोलाई जोगाऔं ।’

दीपकको यो स्टाटसमा अधिकांशले आलोचना गरेका छन् । कतिपयले भने दीपकले सही कुरा गरेको भन्दै समर्थन पनि गरेका छन् ।