गोवा पुगेर विकिनीमा खुलिन् श्रृष्टी


नायिका श्रृष्टी श्रेष्ठ केही महिना अगाडि नायक सौगात मल्लसँगको प्रेम सम्बन्धमा आएको ब्रेकअपका कारण चर्चामा रहिन् । लामो समय लिभिङ टूगेदरमा रहेपछि सौगात र श्रृष्टीले सम्बन्धलाई अलग बनाउने निर्णय गरे । यसलाई सौगातले दुबैको सहमती समेत भनेका छन् । तर, यो बिषयमा अहिलेसम्म श्रृष्टीको मुखबाट कुनै पनि कारण सुनिएको छैन । 

उनै, श्रृष्टी यतिबेला गोवामा छिन् । भारतको चर्चित पर्यटकिय गन्तव्य गोवा पुगेर श्रृष्टी विकिनीमा रमाउँदै गरेको तस्वीर सामाजिक संजालमा चर्चामा छ । श्रृष्टीले पनि गोवाको सुन्दरतामा आफूलाई लुटाएकी छिन् । 

गर्मी छल्न गोवा पुगेकी श्रृष्टी कालो रंगको विकिनीमा विन्दास देखिन्छिन् । फिल्मको पर्दामा श्रृष्टीले गम्भिर भूमिका बढी गरेकी छिन् । तर, सामाजिक संजालमा कहिलेकाही उनको विन्दास छवि झल्किने गरेको छ । 

श्रृष्टीले नयाँ फिल्म साइन गरेको खबर पनि सार्वजनिक भएको छैन । गतबर्ष फिल्म ‘राधा’मा  गरेको उत्कृष्ट कामले उनको चर्चा भएको थियो । तर, व्यवसायिक रुपमा फिल्म सफल नहुँदा श्रृष्टी निराश पनि भइन् ।

फिल्म असफलताले निराश श्रृष्टीलाई सौगातसँगको सम्बन्ध टुंग्याउँदा अझै नमिठो अनुभुती भएको हुनुपर्छ । तर, यी सबै कुरा विर्सिएर श्रृष्टी गोवामा मस्त रमाएकी छिन् ।