एसएस राजमौलीको फिल्ममा आमिर खान भिलेन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Aamir-Khan-or-SS-Rajamouli_kJfRb7Lyd7_rwej1ksicy7m6jwu7yqfrt31pmpm4iadjeps450sufacpv2x1hp34ulkt7sc_4ZHEHNL2N2_w8gkkd6rhqyb3do8ul7do8vjihijvtxfddfwbbcfdjcse9abm64dzkibtcvs.jpg)
फिल्म ‘केरी अन जट्टा ३’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता आमिर खानको उपस्थितिको रहस्य खुलेको छ ।
यो कार्यक्रममा आमिरले क्षेत्रीय भाषाका फिल्म आफूलाई मनपर्ने बताएका थिए । उनले राम्रो पटकथा पाएमा कुनै पनि भाषाका फिल्ममा काम गर्न आफू तयार रहेको खुलाएका थिए । उनले आवश्यक परे भाषा पनि सिक्ने जनाएका थिए ।
फिल्म ‘लाल सिंह चड्डा’ पछि आमिरका फ्यान उनको नयाँ फिल्मको प्रतिक्षामा छन् । साउथ सूत्रलाई मान्ने हो भने आमिरलाई चाँडै नै ‘बाहुबली’, ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजमौलीको फिल्ममा दर्शकले हेर्न पाउनेछन् । राजामौली आफ्नो नयाँ फिल्मको कास्टिङको काम गरिरहेका छन् । यदी सबै कुरामा मिलेमा अभिनेता आमिर उनको फिल्ममा भिलेनको भूमिकामा देखिनेछन् । आमिर यसअघि उनको पहिलो फिल्म ‘होली’ र यशराज फिल्मस्को फ्रेन्चाइजी ‘धुम ३’मा भिलेनको भूमिकामा देखिएका थिए ।
राजामौलीको यो त्यही फिल्म हो, जसको घोषणा उनले फिल्म ‘आरआरआर’ पछि गरेका थिए । यो फिल्मका लागि साउथ स्टार महेश बाबूले पहिले नै आफ्नो तारिख निर्धारण गरिसकेका छन् । महेश बाबूको राजामौलीका साथ यो पहिलो सहकार्य हुनेछ । फिल्मको पटकथा माथि काम पुरा भइसकेको छ । राजामौलीले कथा अनुसारको लोकेसन पनि फाइनल गरिसकेका छन् । फिल्मको सुटिङ आगामी वर्ष हुनेछ । फिल्ममा महेश बाबूको अपोजिटमा दीपिका पादुकोण हुनसक्ने सम्भावना देखिएको छ ।
यो फिल्ममा सम्भावित जोडिन सक्ने अभिनेत्रीको नामको सूचीमा दीपिकाको नाम अग्रस्थानमा छ । फिल्म ‘पठान’को सफलतापछि दीपिकाको कुनै पनि नयाँ फिल्मको घोषणा नहुनुमा यो पनि प्रमुख कारण रहेको बुझिएको छ । दीपिका निर्माणाधिन फिल्म ‘फाइटर’को सुटिङ पुरा गरेपछि ‘प्रोजेक्ट के’को काममा व्यस्त हुनेछिन् ।
![अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा](https://snowberry.prixacdn.net/media/gallery_folder/akshya%2520kumar%2520latest%2520movie_Xo1ST5DGWT_oheyunoxqrd1m3raf3xv5szqbhaco9yz4ilkui9cgj3t2ucs97xcabbxn2ca_RJadGDwU6M_5bkvxasnbo4w40nqnolg2vp6gtdsrdx7qksy1smlkcvzznxn63s4adlxl06p.jpg)
अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा
![बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज](https://snowberry.prixacdn.net/media/gallery_folder/bad%2520news%2520movie_177Kax8qoA_jqfl44bidtqcumxahirr12dnkumbiyrsg2ataejfkaxxpwmlm1s3foe07eii_BDMlIDyWWv_ymttaa3puzmb9zn66c8gzmhln5cvxdyqfbafvpgdk5jfrbbgqkktjnjokw5j.jpg)
बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज
![अक्षयको फिल्मको ओपनिङ साढे २ करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/sarfira_7x433pKsOu_dvuqhfa8yercglibgvqd3qraniqqeraixa4xsjozpqn9l7rvjilofvz9dzz5_lI8f1HcvaB_qzxojv6gplpfxl8p5bezexh8lji1t8mfj9rst9krcdrpczdjqhn7385ayct6.jpg)
अक्षयको फिल्मको ओपनिङ साढे २ करोड
![‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन](https://snowberry.prixacdn.net/media/gallery_folder/alia%2520bhatta_EP1ZIi7Qfw_lq9v63ubyls3apitftznc7tgaonfczsvxbwdmqfzus7licwhhqwwkg1duddv_FnI5R3wQWI_cg2nwmqmvlw2414nqcye4xg6zvnx6fiznjoiuzhrmp3ff4oqp2mygpbcsktm.jpg)
‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन
![के अनुष्का र विराटले भारत छाडेका हुन् ?](https://snowberry.prixacdn.net/media/gallery_folder/birat%2520and%2520anuska_R9l9C6rBGe_xumqdsutoypayqopl87uukbia2l9v3lch8gfwtqszme5j1iagb2zsmjaottt_9UMgcTffaB_enufraqj4ntutqxnamf4vmlqzut6b24xxepnhzrbrypozaakwzlqckfoqrvo.jpg)
के अनुष्का र विराटले भारत छाडेका हुन् ?
![प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki%2520movie_3ZL8Vio99s_3zkqtxn1atd68ooi7pzh2mo94mck68s5o30vzjsuy6bne0l8isrxvhysidph_TSTRNYG5Vi_mdaf3atj8uno7fx8mrigedi5uve0ni8v5pkmu65vduthncthfzr9kit16cu8.jpg)
प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड
![प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki_uDMXV3lpUn_a9dzsnisfx0tewlnvugemrcq7iti1twhvytml2sn1kcnltxhdjt9w7foreni_P3vfzk24se_plhht2locrxl39rm37hnchaocua8ajfiytkukyptpqnr9xzyxfiqjsfws3mu.jpg)
प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया
![बैबाहिक जीवनमा बाँधिइन् सोनाक्षी](https://snowberry.prixacdn.net/media/gallery_folder/sonaxi%2520marrige_miUZOva4Md_wdgtrmgctqo03oicrxrjucn3wepce2h9db5tpbrvduki67dv2mglgalafkb4_88dWnN2wXO_gu22vfk2hkl7cimdiyaytzz7pvm4fffv9zxfzlr0ytwl71r6jaqpffnzp5gi.jpg)
प्रतिक्रिया