रिलिजअगावै आदिपुरुषले कमायो ४३२ करोड
![](https://snowberry.prixacdn.net/media/gallery_folder/adipurush_vbCeV9epBj_sppzqvprazj1jz26en0gse8b1hyvvg24fkjne4cxvwkaedkdz2suftkn1cv6_2EjDdZRVEY_2w4er0bfbb0hmf5zihnu7uhuxdh5oel00irmdmrcm56hbss9tqzvnkuus0by.jpg)
प्रभास, कृति सेनन र सैफ अली खानको प्रतिक्षित फिल्म ‘आदिपुरुष’ रिलिजको अन्तिम तयारीमा छ ।
फिल्मको टिजर र गीतले फिल्मप्रति दर्शकलाई कौतहुलता बढाइरहेको छ । फिल्मका निर्माताले रिलिज अघि नै कुल बजेटमध्ये ८५ प्रतिशत रकम उठाइ सकेका छन् । अर्थात फिल्मले रिलिज अघि नै ४ सय ३२ करोड सुरक्षित गरिसकेको छ । करिब ५ सय करोड बजेटमा बनेको फिल्ममा ओम राउतको निर्देशन छ ।
फिल्मले नन थिएट्रिकल रेवेन्यू, जसमा सेटलाइट राइट्स, म्युजिक राइट्स, डिजिटल राइट्स र अन्य राइट्स गरेर २ सय ४७ करोड कमाएको हाे । यसबाहेक साउथमा थिए ट्रिकल रेभिन्यूबाट एमजीका रुपमा १ सय ८५ करोड कमाएको छ ।
फिल्मका व्यापार विश्लेषकले फिल्मले आक्रामक ओपनिङ गर्ने दाबी गरेका छन् । फिल्मले हिन्दी संस्करणमै रिलिजको तीन दिनमा १ सय करोड कमाई गर्ने उनीहरुको ठोकुवा छ ।
सैफअलि भन्दा पहिला रावण बनेका यी पाँच कलाकार, एकसँग त धेरैजना डराउँथे
आदिपुरुषको ट्रेलर हेरेपछि सबैभन्दा बढी चर्चामा रहेको पात्र रावण हो । यस फिल्ममा बलिउड अभिनेता सैफ अली खानले रावणको भूमिका निर्वाह गरेका छन् । आदिपुरुषको ट्रेलर हेरे पछि उनको निकै तारिफ भइरहेको छ ।
तर, के तपाईलाई थाहा छ सैफ अली खान भन्दा पहिले पनि धेरै कलाकारहरुले पर्दामा रावण बनेर धेरै हेडलाइन बनाएका छन् । आज हामी तपाईलाई त्यही कलाकारहरुको परिचय गराउँछौ ।
अखिलेश मिश्र
सन् २००८ मा रामानन्द सागरका छोरा आनन्द सागरले पनि 'रामायण' बनाएका थिए । जसमा राम र सीताको भूमिकामा गुरमीत चौधरी र देबिना मुखर्जी थिए । यस शोमा अभिनेता अखिलेश मिश्रा रावणको भूमिकामा देखिएका थिए, जब अखिलेशले ठूला आँखा र भारी स्वरमा संवाद बोल्ने गर्थे, मानिसहरू साँच्चै नै काँप्ने गर्थे। अखिलेश अहिले पनि त्यही पात्रका लागि चिनिन्छन् ।
प्रेमनाथ
प्रेमनाथले सन् १९७६ मा रिलिज भएको फिल्म 'जय बजरंग बली'मा रावणको भूमिका निभाएका थिए । यस फिल्ममा दारा सिंह हनुमानको भूमिकामा थिए, जुन उनको उत्कृष्ट पात्र मध्ये एक हो। यस फिल्ममा रावण बनेका प्रेमनाथलाई पनि निकै मन पराइएको थियो ।
आर्य बब्बर
राज बब्बरका छोरा आर्य बब्बर ठूलो पर्दा पछि सानो पर्दामा प्रवेश गरे र टिभी सिरियल 'संकटमोचन महाबली हनुमान'मा रावणको भूमिका निभाएका थिए । यद्यपि आर्याले यो भूमिकाको प्रशंसा पाउन सकेनन्, जुन उनका पहिलेका कलाकारहरुले पाएका थिए ।
कार्तिक जयराम
अभिनेता कार्तिक जयरामले एकता कपुरको सिरियल ‘सिया के राम’ मा रावणको भूमिका निभाएका थिए । कार्तिक कन्नड अभिनेता हुन्। कार्तिक कन्नड बिग बोसमा पनि देखिएका छन्, साथै उनले धेरै फिल्ममा पनि काम गरेका छन् ।
अरविन्द त्रिवेदी
रामानन्द सागरले पर्दामा 'रामायण' देखाउँदा दर्शक हात जोडेर टिभी अगाडि बस्ने गर्थे । यस ऐतिहासिक सिरियलमा अरविन्द त्रिवेदी रावणको भूमिकामा देखिएका छन् । अरविन्दले यो पात्रलाई पर्दामा जुन तीव्रताका साथ प्रस्तुत गरेका छन्, त्यो प्रशंसनीय छ । अरविन्दको अनुहार बाहेक रावणको चरित्रलाई दर्शकले कल्पना पनि गर्न सकेनन् ।
![अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा](https://snowberry.prixacdn.net/media/gallery_folder/akshya%2520kumar%2520latest%2520movie_Xo1ST5DGWT_oheyunoxqrd1m3raf3xv5szqbhaco9yz4ilkui9cgj3t2ucs97xcabbxn2ca_Kr5AzWixib_kx9a0gftr8dgjncl6o6wbmfwqup6stjaet9icghn9tlgwar2nxqqggvtwlpj.jpg)
अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा
![बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज](https://snowberry.prixacdn.net/media/gallery_folder/bad%2520news%2520movie_177Kax8qoA_jqfl44bidtqcumxahirr12dnkumbiyrsg2ataejfkaxxpwmlm1s3foe07eii_JmT7zwM28H_ho8lgrtdocojezoiw0m1ckevramvcrna7vhkuet9lt6nnjwehskqwhijqq3f.jpg)
बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज
![अक्षयको फिल्मको ओपनिङ साढे २ करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/sarfira_7x433pKsOu_dvuqhfa8yercglibgvqd3qraniqqeraixa4xsjozpqn9l7rvjilofvz9dzz5_LUbX6CSNXO_yo249ptutfouebw4uzkcvwkdik2dtv9fbrsiyfahtm5c1vby4s5qcqbdob4o.jpg)
अक्षयको फिल्मको ओपनिङ साढे २ करोड
![‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन](https://snowberry.prixacdn.net/media/gallery_folder/alia%2520bhatta_EP1ZIi7Qfw_lq9v63ubyls3apitftznc7tgaonfczsvxbwdmqfzus7licwhhqwwkg1duddv_X1eMQdXr5g_7eqwsduvcoouzktnikrc6abwvmuh0pxxl0yjs2ssmmieqbxkuarrn6bzwb8s.jpg)
‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन
![के अनुष्का र विराटले भारत छाडेका हुन् ?](https://snowberry.prixacdn.net/media/gallery_folder/birat%2520and%2520anuska_R9l9C6rBGe_xumqdsutoypayqopl87uukbia2l9v3lch8gfwtqszme5j1iagb2zsmjaottt_lSgaq00ZDM_h17oaswdwrchrdpekciqayvqq7jrinq9rmrzfaucw77moisbjykcldepzfrl.jpg)
के अनुष्का र विराटले भारत छाडेका हुन् ?
![प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki%2520movie_3ZL8Vio99s_3zkqtxn1atd68ooi7pzh2mo94mck68s5o30vzjsuy6bne0l8isrxvhysidph_TSTRNYG5Vi_mdaf3atj8uno7fx8mrigedi5uve0ni8v5pkmu65vduthncthfzr9kit16cu8.jpg)
प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड
![प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki_uDMXV3lpUn_a9dzsnisfx0tewlnvugemrcq7iti1twhvytml2sn1kcnltxhdjt9w7foreni_P3vfzk24se_plhht2locrxl39rm37hnchaocua8ajfiytkukyptpqnr9xzyxfiqjsfws3mu.jpg)
प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया
![बैबाहिक जीवनमा बाँधिइन् सोनाक्षी](https://snowberry.prixacdn.net/media/gallery_folder/sonaxi%2520marrige_miUZOva4Md_wdgtrmgctqo03oicrxrjucn3wepce2h9db5tpbrvduki67dv2mglgalafkb4_88dWnN2wXO_gu22vfk2hkl7cimdiyaytzz7pvm4fffv9zxfzlr0ytwl71r6jaqpffnzp5gi.jpg)
प्रतिक्रिया