मण्डला नाटक घरमा जेठ १६ देखि बुद्ध र भिखारी

थापागाँउ स्थित मण्डला नाटक घरमा जेठ १६ देखि ३२ गते सम्म नाटक 'बुद्ध र भिखारी' मञ्चन हुने भएको छ ।
चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटकलाई चेतन आङ्थुपोले नाट्य रुपान्तरण तथा अनुवाद गरेका हुन भने परिकल्पना तथा निर्देशन अनिल सुब्बाले गरेका छन् ।
नेपाली पौराणिक लोककथालाई नाट्य रूपान्तरण गरी 'स्याडो प्ले' मार्फत मञ्चन गरिने निर्देशक सुब्बा बताउँछन् । त्यसो त नेपाली रंगमञ्चमा यश फर्मको प्रयोग कमै मात्रामा भएको पाइन्छ ।
करिब १ घण्टाको अनुमानित समय राखिएको यश नाटक सोमबार बाहेक हरेक दिन बेलुका ५ बजे देखि र अतिरिक्त शो शनिवार दिउँसो १ बजे मञ्चन हुनेछ ।
नाटकमा कलाकारहरू वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डब, नवीन चन्द्र अर्याल,सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनि मगर, मोहन राई रहनेछन् भने बाल कृष्ण राई, सुरज तमु, अनिल सुब्बा र प्रबृदि राईको संगित सुनिने छ ।
यश नाटकको लागि यो चौथो मञ्चन रहने छ । यश अघि ७८ चैतमा चुलाचुली ३ स्थित मिलन क्लबको सभा हलमा, त्यस्तै ७९ वैशाखमा राष्ट्रिय नाचघर जमलमा आयोजित बुद्ध नाट्य महोत्सवमा र ७९ मङ्सिरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव (२०७९ मा थापागाँउ स्थित मण्डला नाटक घरमा मञ्चन भएको थियो ।
आफ्नो झुपडीमा मुसाहरूले दिएको दुख बाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको संघर्ष र रमाइलो पलहरूलाई नाटकमा देख्न सकिन्छ ।
चुलाचुली रंगमञ्चका संस्थापक अध्यक्ष समेत रहेका यश नाटकका अनुवादक आङ्थुपो बताउँछन् , गाउँमाबाट पहिलो पटक स्याडो प्ले गाउँका दर्शकहरूलाई देखाउँदा कसरी बुझ्लान् भन्ने थियो । जब पहिलो पटक बुद्ध नाटक महोत्सवमा नाटकले सहभागिता पाएपछि यस जनराको नाटक र प्रस्तुतिको सोचेको भन्दा धेरै राम्रो प्रतिक्रिया सुन्न पाउँदा खुसी थियौँ ।
नाटकमा सहकार्य तथा सहयोगीको रूपमा आर्टमाण्डु, मिडिया चुलाचुली, एम्टी स्टोमाच, बिम्ब कृएसन, जुम मिडिया रहेका छन् ।
प्रतिक्रिया