वर्षाको जीवन नै खल्लो भएकै हो ? (फोटो फिचर)
फिल्म ‘नाइँ नभन्नू ल’बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री वर्षा शिवाकोटी सामाजिक सञ्जालमा तस्वीर राख्न व्यस्त नायिकामा पर्छिन् । उनी प्रायः दैनिक रुपमा कुनै न कुनै तस्वीर सामाजिक सञ्जालमा राखिरहन्छिन् ।
केही महिनाअघि विवाह र त्यसको केही समयपछि ब्रेकअपको खबरले सञ्चारमाध्यममा छाएकी वर्षा अहिले समय बिताउनकै लागि सामाजिक सञ्जालमा नयाँ तस्वीर अपलोड गरिरहेकी हुन्छिन् । उनको तस्वीर हेर्दा उनी भित्रको भावलाई प्रष्ट बुझ्न सकिन्छ ।
हालै सार्वजनिक गरेको तस्वीर हेर्दा उनले ती तस्वीर गहुँबारीमा खिचेको थाहा पाउन सकिन्छ । तस्वीरमा फरक फरक पोज दिएकी छन् । केही तस्वीरमा उनी खुशी, उदासी र सोचमग्न देख्न सकिन्छ ।
प्रायः अभिनेत्रीहरुले हरियाली वातावरणलाई पृष्ठभूमि राखेर तस्वीर खिचेको देख्न पाइन्छ । तर वर्षाको हकमा भने उनी अलिक फरक देखिएकी छन् । कहिले प्रेममा ब्रेकअप त कहिले विवाहमा ब्रेकअपको समाचारले दिक्क बनेकी वर्षालाई जीवन नै खल्लो छ भन्नका लागि यी तस्वीर खिचेको बुझ्न सकिन्छ ।
प्रतिक्रिया