पुष्पन र रचनाको स्वरमा बाबुल गिरीको ‘के भनौं र खैं’


गायक पुष्पन प्रधान र गायिका रचना रिमालको स्वरमा ‘के भनौँ र खैं’ बोलको गीत सार्वजनिक भएको छ ।  बाबुल गिरीको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई रोमान्टिक रुपमा तयार पारिएको छ । 

भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा माइकलले २ जोडीको प्रेमकथा प्रस्तुत गरेका छन् । नरेन्द्र शाहको निर्माणमा तयार भएको यो म्युजिक भिडियोमा उषा उप्रेती, रमेश विश्वकर्मा, विना राउत र सरोज राजा प्रजाको अभिनय छ । 

झगडा गरेका उषा र रमेशको जोडीले विना र सरोजको जोडीको भिडियो हेरेपछि मिलेको कथालाई निर्देशक चन्दले डान्सिङ नम्बरसहित प्रस्तुत गरेका छन् । 

उत्सव  दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।