विष्णु माझीले सार्वजनिक गरिन् दसैं गीत 'परदेशी मेरो परदेशी'
गायिका विष्णु माझीको स्वरमा सजिएको दसैं गीत 'परदेशी मेरो परदेशी' सार्वजनिक गरिएको छ । श्रीमान सुन्दरमणि अधिकारीको शब्द रचना र संगीत रहेको यो गीत मार्फत दु:ख र पिडाका भावहाँरु शब्दको माध्यमबाट व्यक्त गरिएको छ ।
अबको एकहप्ताभित्र यो गीतको भिडियो दर्शकमाझ सार्वजनिक गर्ने निर्माणपक्षको तयारी छ । गीतको अडियो दुई दिनअघि युट्युबलगायतका प्लेटफर्ममा रिलिज भैसकेको छ।
यो गीतको भिडियोमा तीज गीतमा सहकार्य गरेकै कोरियोग्राफर र मोडलको अभिनय रहने बताइएको छ ।
गायिका विष्णुसँगै सुन्दरमणिले समेत स्वर दिएको यो गीतमा आशिष अविरलले एरेन्ज गरेका छन्। अहिले यो गीतको भिडियो धमाधम छायांकन भइसकेको छ।

यश कुमारको ‘मैले तिम्रो मायामा’

अभयाको नयाँ गीत 'सधैँभरि' सार्वजनिक

गीत गाएरै घर किन्ने शान्ति श्री

रचनाको 'मायाले रुवायो' सार्वजनिक

‘सालको पात’लाई पछि पार्दै ‘अरेली काँडैले’ बन्यो १० करोड पटक हेरिने पहिलो ल…

अस्ट्रेलियन आइडलमा प्रनेश गौतम

आयोजक सम्पर्कमा नआएपछि सिलगुडीबाट फर्कियो सबिन राइको टिम

प्रतिक्रिया