ओस्कार नपाउनेलाई करोडौंको उपहार

अधिकांश अवार्डमा विजेताले अवार्ड लगे पनि अन्य उपविजेता खाली हात घर फर्कन्छन् । तर यो मामलामा विश्व प्रतिष्ठित ओस्कार अवार्ड फरक छ । अवार्ड विजेताले गोल्डेन मूर्ति घर लगे पनि बाँकी उपविजेता खाली हात फर्कदैनन् । ओस्कारको राम्रो पक्ष यो हो ।

ओस्कारमा हरेक वर्ष मनोनयनमा पर्ने व्यक्तिलाई विशेष उपहार दिने गरिन्छ । यो उपहार ब्यागको मूल्य करोडौंमा पर्छ । तर ब्यागभित्र के कुरा छ, जसकारण यति महंगो मूल्य पर्छ भन्ने चासो सबैमा छ ।

यो वर्ष उपहार ब्यागको मूल्य १ लाख २६ हजार डलर रहेको छ । यो ब्यागका लागि ओस्कार आयोजक एक रुपैंयाँ पनि खर्च गर्दैनन् । जबकी यो ब्याग लसएन्जल्सको मार्केटिङ कम्पनी डिस्टिंक्टव असेटले वितरण गर्दछ ।

ब्याममा करिब ६० बढी आइटम राखिएका छन् । जसमा कैयौं किसिमको ब्यूटी प्रोडक्ट र लाइफस्टाइल सम्बन्धी उपहार, लग्जरी भ्याकेसनको प्याकेज हुन्छन् । साथै ४० हजार डलरको क्यानेडियन गेटअवेको किट पनि हुन्छ । मनोनयनमा परेका व्यक्तिहरुलाई लक्जरी भ्याकेसनको पासका माध्यमबाट अष्ट्रेलियाको क्वीन्सलेण्ड र इटालियन लाइट हाउसमा ८ व्यक्तिलाई बस्ने मौका पाउँछन् ।

यदि कसैको घर रिनोभेट गर्नुछ भने त्यो मेसन कन्स्ट्रक्सनका माध्यमबाट २५ हजार डलरमा गराउन सक्छन् । यो उपहारमा कैयौं कायाकल्प प्रोसिजर पनि हुन्छन्, जुन प्याकेजको हिस्सा पनि हो । उपहारमा करिब ५० प्रतिशत वस्तु महिलाहरु र अल्पसंख्यक कम्पनीबाट आउँछन् । यो वर्ष उपहार हवाइयन सुटकेसमा बाँडिएको थियो ।

उपहार ब्यागभित्र मिएजको स्किनकेयर प्रोडक्ट छन् । जसमा ब्लश सिल्क्सको एक सिल्क पिलोकेस, पेटाको एक ट्राभल पिलो र एरियएड्नी एथेन्स स्किन वेलनेस, अल बेटर कम्पनी, बोरेड रिबेल, डेली एनर्जी कार्ड्स, इफेक्टी–केल, काइण्ड रीजन कम्पनी, नोइङ्गलेब्सको उत्पादन पर्छन् ।

यो उपहार पाउनेलाई त्यो उपहार अस्वीकार गर्ने अधिकार पनि छ । गत वर्ष अभिनेता डेजल वासिङटन र जेके सिमन्सले यो उपहार च्यारिटीलाई दिएका थिए । सन् २००६ मा जर्ज क्लुनीले उपहारलाई लिलामी गराएका थिए । यो उपहार मनोनयनमा परेकालाई निःशुल्क दिइन्छ । तर यो उपहार पाउनेले आयकरका रुपमा सरकारलाई कर तिर्नुपर्छ ।