दीपिकालाई देखेर ‘बाइकट ग्याङ’ले के सोच्लान् ?

जनवरी २५ मा बलिउड नायिका दीपिका पादुकोणको फिल्म ‘पठान’ रिलिज हुँदै थियो । यो फिल्म रिलिज अगाडि दीपिकाले नै लगाएको पहिरनका कारण व्यापक विरोध समेत भएको थियो । 

दीपिकाले फिल्मको ‘बेशरम रंग’ बोलको गीतको भिडियोमा लगाएको सुन्तला कलरको रंग बिशेषगरि, भारतका बिजेपी पार्टी समर्थकका लागि मन परेको थियो । तर, उनीहरुले दीपिका र यो फिल्मका नायक साहरुख खानको विरोध गर्ने कुनै कारण नपाएपछि पहिरनको रंगलाई बहाना बनाएका थिए । 

बीजेपीका केही नेताले त दीपिकाको नाक काट्ने धम्की समेत दिएका थिए । फिल्मको व्यापक विरोध त भयो, तर यसले बाइकट ग्याङलाई नभएर फिल्मको टिमलाई नै फाइदा भयो । 
साहरुख खान र दीपिका अभिनित यो फिल्मले हिन्दी फिल्मको इतिहासमै सर्वाधिक धेरै कलेक्शनको रेकर्ड बनायो । फिल्म अझै पनि हलमा चलिरहेको छ । हिन्दी भाषामा मात्र फिल्मले ५२१ करोड नेट कलेक्शन कमाइसकेको छ । 

दीपिकाको भारतमा व्यापक विरोध हुँदै गर्दा उनी भने कतारमा आयोजना भएको विश्वकप फुटबलको ट्रफी अनाबरण गर्न पुगिन् । दीपिकाले सोही समयमा नै बाइकट ग्याङ र उनको बिरोधीलाई दरिलो झापड दिइसकेकी थिइन् । 

उनै, दीपिका सोमबार आयोजना भएको विश्व चर्चित अवार्ड ‘अस्कर अवार्ड’मा कार्यक्रम संचालिक बनेर पुगिन् । उनले, फिल्म ‘आरआरआर’को ‘नाटु नाटु’ बोलको गीतको बिषयमा स्टेजमा बोलेकी थिइन् । 

भारतमा व्यापक विरोध हुँदै गर्दा विश्व बजारमा भने दीपिकाको क्रेज चुलिएको छ । दीपिकाले विश्वका चर्चित स्टेजहरुमा भारतको प्रतिनिधित्व गरिरहेकी छिन् । 

एकातिर, आफ्नै देशमा दीपिकाले आलोचना र बाइकट सहनुपरेको छ । तर, भारत बाहिर उनले कमाएको लोकप्रियता आफैमा लोभलाग्दो छ । 

दीपिकाको यो सफलता देखेर, भारतमा उनलाई बाइकट गर्नेहरु के सोच्दा हुन् ?