‘तु झुठी मे मक्कार’को सुखद सुरुवात


बुधबारदेखि रिलिजमा आएको बलिउड फिल्म ‘तु झुठी मे मक्कार’ले व्यवसायीक रुपमा सुखद सुरुवात गरेको छ । लभ रञ्जन को निर्देशनमा तयार भएको यो  फिल्मले पहिलो दिन व्यापारिक रुपमा सुखद सुरुवात गरेको हो ।

फिल्मले पहिलो दिन भारतीय बक्स अफिसमा १५.७३ करोडको व्यापार गरेको छ । बुधबार नै फिल्मको व्यापार १५ करोड माथि हुँदा ५ दिने विकेन्ड कलेक्शनमा फिल्मले राम्रो कमाई गर्ने अनुमान गर्न सकिन्छ । फिल्मको समीक्षा भने मिश्रित छ । 

यो फिल्ममा रणवीर कपुर र श्रद्धा कपुरको मुख्य भूमिका छ । रणवीर र श्रद्धाको प्रेममा आउने उतारचढावको कथामा यो फिल्म बनेको छ । 

फिल्मको मेकिङ र कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । फिल्मको क्लाइमेक्सलाई पनि राम्रो प्रतिक्रिया मिलेको छ । केही समीक्षकले यो फिल्मलाई ३ रेटिङ दिँदा केहीले भने ४ र ४.५ रेटिङ दिएका छन् ।