बक्स अफिसमा अक्षयको ‘सेल्फी’को बिजोग


बलिउड नायक अक्षय कुमार अभिनित फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरिरहेका छन् । अक्षयका वर्षमा आधा दर्जन फिल्म रिलिज हुँदा अधिकांश फिल्मको व्यापार कमजोर छ । 
तर, शुक्रबारदेखि रिलिज भएको फिल्म ‘सेल्फी’को व्यापारले भने बलिउड पण्डितहरुलाई पनि अचम्ममा पारिदिएको छ । 

अक्षय कुमार र इमरान हाश्मी अभिनित यो फिल्मले फ्यान र स्टारको कथा भन्छ । यो फिल्मले बक्स अफिसमा २ दिनमा जम्मा साढे ५ करोडको कमाई गरेको छ । अक्षयको फिल्मको यति कमजोर बक्स अफिस ओपनिङ यस अगाडि भएको थिएन । 

फिल्मको प्रचारमा अक्षयले कुनै कसर बाँकी नै राखेका थिएनन् । उनले, प्रचारका लागि विभिन्न खालका नयाँ नयाँ उपाय समेत अपनाएका थिए । तर, पनि फिल्मको व्यापार बिजोग नै छ । यसले, अक्षय कुमारले अब सोचेर फिल्म खेल्नुपर्ने अवस्था आएको देखिन्छ ।