५ सय करोड क्लबमा ‘पठान’, शुक्रबार १ सय रुपैयाँमा फिल्म हेर्न पाइने

बलिउड फिल्मको इतिहासमै नायक साहरुख खान अभिनित फिल्म ‘पठान’ सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । यो फिल्मले भारतीय बक्स अफिसमा ५ सय करोडको आँकडा पार गरेको छ । ५ सय करोडको आँकडा पार गर्दै फिल्मले बलिउडलाई नयाँ दिशामा समेत लगेको छ ,। 

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो फिल्मले हिन्दी, तमिल र तेलुगु भाषामा ५ सय करोडको आँकडा पार गरेको हो । यस्तै, विश्व बजारमा यो फिल्म १ हजार करोड ग्रस नजिक समेत पुगेको छ । 

फिल्मको व्यापार अझै कमजोर बनेको छैन । यसैबिच, फिल्मको निर्माण कम्पनी यशराज फिल्मस्ले शुक्रबार फिल्मको टिकट सस्तो बनाएको छ । फिल्मले ५ सय करोड कमाएको अवसरमा यशराजले शुक्रबार भारतभर १ सय १० रुपैयाँमा फिल्म हेर्न पाइने घोषणा गरेको छ । 

शुक्रबार नयाँ हिन्दी र अंग्रेजी फिल्म समेत रिलिज हुन लागेकाले यशराजले नयाँ शैली अपनाएको हो । यसले, भारतभर फिल्म हेर्न नपाएका दर्शकले फिल्म हेर्ने अपेक्षा यशराजको छ । 

साहरुख खान, दीपिका पादुकोण र जोन अब्राहिम अभिनित यो फिल्मले बक्स अफिसमा ‘बाह्बली २’को ५ सय ११ करोड को व्यापारलाई तोड्ने अपेक्षा गरिएको छ ।