'पठान'ले बनायाे बलिउडमा नयाँ रेकर्ड

शाहरुख खान अभिनीत 'पठान'ले बलिउडमा छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ ।  

गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउडमा सबैभन्दा तीव्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको यशराज फिल्मसले जनाएको छ । 

उक्त फिल्ममा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहम लगायतको भूमिका रहेको छ । उक्त फिल्मलाई समीक्षकहरूले ४.५ स्टारसम्म दिँदै ब्ल्कबस्टर फिल्म भनेका छन् ।

बाइकट बलिउड विरुद्ध लडेर पठानले खस्किँदै गएको भनिएको बलिउडलाई धेरे ठुलो उद्धार गरेको उनीहरूको भनाई छ । पछिल्लो समयमा बलिउडमासमेत दक्षिण भारतीय फिल्महरूले राज गरेको २०२२ लाई शाहरुखको पठानले ऊर्जा दिएको समीक्षकहरूले टिप्पणी गर्दै आएका छन् ।