बक्स अफिसमा आक्रामक ‘पठान’: १०६ करोडको ओपनिङ


४ बर्षपछि बलिउड नायक साहरुख खानले आफूलाई बक्स अफिसमा ब्लकबस्टर कमब्याक गराएका छन् । उनी, अभिनित फिल्म ‘पठान’ले बक्स अफिसमा सुनामी नै ल्याएको छ । 

विश्व बजारमा पहिलो दिनमै सय करोड माथिको ग्रस कलेक्शन गर्ने पहिलो बलिउड फिल्म समेत ‘पठान’ बनेको छ । यो फिल्मले विश्व बजारमा बुधबार १०६ करोडको ग्रस कलेक्शन गरेको हो । फिल्मले भारतमा मात्र ५७ करोडको नेट कलेक्शन गर्दा ओभरसिजमा ३६.६९ करोडको कमाई गरेको छ । 

यो फिल्मले बक्स अफिसमा ‘केजीएफ २’ले बनाएको ओपनिङ कलेक्शनको रेकर्डलाई समेत पछाडि छोडिदिएको छ । फिल्मले हिन्दी भाषामा ५५ करोड र अन्य भाषामा २ करोडको व्यापार गरेको छ । 

फिल्मको ब्लकबस्टर व्यापारले बलिउडलाई फेरि लयमा फर्काएको विश्लेषण भैरहेको छ । सिद्धार्थ आनन्दको एक्सनले भरिएको फिल्म हेर्न दर्शकको लामो लाइन हल बाहिर छ । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहिम पनि मुख्य भूमिकामा छन् । 

यो फिल्मले आज बिहिबार भारतमा मात्र हिन्दी भाषामा ६५ करोड माथिको नेट कलेक्शन गर्ने अनुमान गरिएको छ ।