‘पठान’को आक्रामक ओपनिङ, उत्कृष्ट समीक्षा


४ बर्षपछि पर्दामा कमब्याक गरेका बलिउड नायक साहरुख खान अभिनित फिल्म ‘पठान’ आजबाट देशभर रिलिज भएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्मले आक्रामक ओपनिङ गरेको छ ।

भारतमा यो फिल्म ५३ सय वटा हलमा रिलिज भएको छ । भारत बाहिर पनि फिल्म २७ सय हलमा रिलिज भएको छ । फिल्मले पहिलो दिनमा ५० करोड भन्दा माथिको व्यापार गर्ने पक्का देखिएको भारतीय समीक्षकहरुले बताएका छन् । 

यशराज ब्यानरले निर्माण गरेको यो फिल्ममा साहरुख खान, दीपिका पादुकोण र जोन अब्राहिम मुख्य भूमिकामा छन् । फिल्ममा जोन खलनायकको भूमिकामा छन् भने दीपिकाको भूमिकाले दर्शकलाई सरप्राइज दिन सक्छ । 

फिल्मलाई दर्शक र समीक्षकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । तरण आर्दशले यो फिल्मलाई ४.५ रेटिङ दिएका छन् । लामो समयपछि साहरुख खान अभिनित फिल्मले यति उच्च रेटिङ पाएको छ । 

फिल्मको एक्सन जर्बजस्त छ । नायक सलमान खानको केमियो भूमिकाले दर्शकलाई अझै उत्साहित बनाउँछ । साहरुखको एक्सन अवतार गज्जब छ । जोन अब्राहिम खलपात्रको रुपमा जमेका छन् । 

बलिउडका अधिकांश समीक्षकले यो फिल्मलाई ४ भन्दा माथिको रेटिङ दिएका छन् ।