भारतसँगै विश्व बजारमा ‘पठान’को आक्रामक बुकिङ


भोली बुधबारदेखि रिलिज हुन लागेको बलिउड नायक साहरुख खान अभिनित फिल्म ‘पठान’ले विश्व बजारमा सुनामी ल्याउने संकेत देखाएको छ । बक्स अफिसमा लामो समयदेखि बलिउड फिल्म असफल भैरहेको समयमा साहरुखको स्टारडम चम्किएको छ । यो फिल्मले भारतमा थुप्र्रै रेकर्डहरु तोड्ने अनुमान गरिएको छ । 

बुकिङको मामालामा यसले ३ बर्ष अगाडि रिलिज भएको फिल्म ‘वार’लाई पछि पारेको छ । 

बुधबारको दिनमा रिलिज हुने भएतापनि समीक्षकहरुले फिल्मले फेस्टिभल नै निम्त्याएको विश्लेषण गरेका छन् । 

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो फिल्मको विश्व बजारमा पनि आक्रामक बुकिङ छ । अमेरिका, अष्ट्रेलिया, दुबई, कतार, बेलायत, जर्मन लगायतका देशमा फिल्मले आक्रामक बुकिङ गरिरहेको छ । भारतमा यो फिल्मले पहिलो दिनमा ४० करोेड माथिको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । 

यो फिल्मले कोरोना महामारीका कारण बन्द भएका २५ वटा सिंगल थिएटरलाई खुलाएको छ । यो फिल्मको उच्च माग आएपछि भारतका २५ वटा हल खुलेका छन् । 

लामो समयदेखि बक्स अफिसमा देखिएको खडेरीलाई ‘पठान’ले अन्त्य गरेको छ । दर्शक, प्रदर्शक, वितरक र निर्माता फिल्मको आक्रामक व्यापारका कारण खुशी देखिएका छन् । 

फिल्ममा दीपिका पादुकोण र जोन अब्राहिम पनि मुख्य भूमिकामा छन् ।