फिल्म फ्लप भएपछि भिडियोतिर राजकुमार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Rajkummar%2520Rao_CNI8EDGdky_mywevkxk6oaqvtufzopr5xnkfceg8egabqzudet54aiw3hdzls8wlzgn3xbt_oMIavgSZXb_jwor7uqiqf2aimgxpa8ohjjluzibfzyriykpe5pdasjwieohvg42ckozjwy9.jpg)
सन् २०१८ मा रिलिज फिल्म ‘स्त्री’ पछि अभिनेता राजकुमार रावले बक्सअफिसमा कुनै सफल फिल्म दिएनन् । यद्यपि त्यसअघि उनको खातामा ‘बरेली की बर्फी’ र ‘न्यूटन’ जस्ता औसत फिल्म मात्र थिए । तर पनि उनका लागि राहतको कुरा यो थियो कि मानिसहरु उनमा सम्भावना देख्थे र अभिनयको तारिफ गर्थे ।
‘स्त्री’पछि भने न उनको फिल्मी दम देखियो न त चम्किलो अभिनय नै । उनीपछि आएका आयुष्मान खुराना र पंकज त्रिपाठी अहिले उनीभन्दा धेरै अगाडि छन् । राजकुमारको फिल्मलाई भने हलमा दर्शक जुटाउनै हम्मे परिसकेको छ । यस्तो अवस्थामा अब उनले दर्शकसँग सम्पर्कमा रहिरहनका लागि म्यूजिक भिडियोको अभिनय तिर लागेका छन् ।
दुई दिन अघि टी–सिरिजमा सन् १९९५ मा रिलिज फिल्म ‘सनम बेवफा’को चर्चित गीत ‘अच्छा सिला दिया तुने मेरो प्यार’को रिमिक्स गीत सार्वजनिक भएको थियो । गीतको भिडियोमा राजकुमार राव र नोरा फतेही फिचर्ड छन् । नोराको अभिनयको अवस्थाबारे सबै जानकार छन्, किनकी उनी मूल रुपमा डान्सर हुन् । तर राजकुमारले यो भिडियोमा अभिनय गरेको देखेर दर्शक चकित छन् ।
भिडियो रिलिज हुनासाथ सामाजिक सञ्जालमा तिखो आलोचना भइरहेको छ । अधिकांशले राम्रो गीतलाई रिमिक्स गरेको भनेर आलोचना गरिरहेका त छन् नै । राजकुमार जस्तो अभिनेतालाई के बाध्यताले भिडियोमा अभिनय गर्नुपर्यो भन्ने कुराले पनि मान्छेलाई अचम्मित बनाएको छ ।
राजकुमारले ‘स्त्री’पछि ‘लव सोनिया’, ‘५ वेडिंग्स’, ‘एक लड्की को देखा तो ऐसा लगा’, ‘जजमेन्टल है क्या’, ‘मेड इन चाइना’, ‘शिमला मिर्च’, ‘रूही’ र ‘बधाई दो’ जस्ता फ्लप फिल्म बक्सअफिसमा दिए । ओटीटीमा रिलिज उनको ‘हम दो हमारे दो’ र ‘मोनिका ओ माई डार्लिङ’को चर्चा पनि खासै भएन । दर्शकले फिल्मलाई नै बिर्सिए ।
अहिले राजकुमारको करियर डामाडोल छ । बलिउडको बक्सअफिसले संकटको सामना गरिरहँदा राजकुमारलाई भने राम्रो फिल्म दर्शकलाई ीदनुपर्ने जिम्मेवारी उत्तिकै छ । सन् २०२३ मा उनका तीन फिल्म ‘भीड’, ‘मिस्टर एण्ड मिसेज माही’ र ‘श्री’ रिलिज हुँदैछन् । यदी यी फिल्मले पनि उनको करियरलाई सम्हाल्न सकेन भने उनका लागि आगामी दिन अझ कठिन हुनेछ ।
![अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा](https://snowberry.prixacdn.net/media/gallery_folder/akshya%2520kumar%2520latest%2520movie_Xo1ST5DGWT_oheyunoxqrd1m3raf3xv5szqbhaco9yz4ilkui9cgj3t2ucs97xcabbxn2ca_BUkgUF7mtc_vnebtv5x7zr5aoxcvzteqissca7bmatbyg7ra0bl5iucm1vw5sw7fqzfu1vv.jpg)
अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा
![बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज](https://snowberry.prixacdn.net/media/gallery_folder/bad%2520news%2520movie_177Kax8qoA_jqfl44bidtqcumxahirr12dnkumbiyrsg2ataejfkaxxpwmlm1s3foe07eii_ZSE9b55sQk_it7ujzcpbwzfvywxrudqgkegxewy3jwr7h4ladtayptsfpzm9g4dkqznr6cr.jpg)
बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज
![अक्षयको फिल्मको ओपनिङ साढे २ करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/sarfira_7x433pKsOu_dvuqhfa8yercglibgvqd3qraniqqeraixa4xsjozpqn9l7rvjilofvz9dzz5_LUbX6CSNXO_yo249ptutfouebw4uzkcvwkdik2dtv9fbrsiyfahtm5c1vby4s5qcqbdob4o.jpg)
अक्षयको फिल्मको ओपनिङ साढे २ करोड
![‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन](https://snowberry.prixacdn.net/media/gallery_folder/alia%2520bhatta_EP1ZIi7Qfw_lq9v63ubyls3apitftznc7tgaonfczsvxbwdmqfzus7licwhhqwwkg1duddv_X1eMQdXr5g_7eqwsduvcoouzktnikrc6abwvmuh0pxxl0yjs2ssmmieqbxkuarrn6bzwb8s.jpg)
‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन
![के अनुष्का र विराटले भारत छाडेका हुन् ?](https://snowberry.prixacdn.net/media/gallery_folder/birat%2520and%2520anuska_R9l9C6rBGe_xumqdsutoypayqopl87uukbia2l9v3lch8gfwtqszme5j1iagb2zsmjaottt_lSgaq00ZDM_h17oaswdwrchrdpekciqayvqq7jrinq9rmrzfaucw77moisbjykcldepzfrl.jpg)
के अनुष्का र विराटले भारत छाडेका हुन् ?
![प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki%2520movie_3ZL8Vio99s_3zkqtxn1atd68ooi7pzh2mo94mck68s5o30vzjsuy6bne0l8isrxvhysidph_mGxZ6SOc7s_lqqnegpddboieuxzl1q5ccnw8mvcxszf4583a3ej00jdsfquie5kb3m0hf3b.jpg)
प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड
![प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki_uDMXV3lpUn_a9dzsnisfx0tewlnvugemrcq7iti1twhvytml2sn1kcnltxhdjt9w7foreni_P3vfzk24se_plhht2locrxl39rm37hnchaocua8ajfiytkukyptpqnr9xzyxfiqjsfws3mu.jpg)
प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया
![बैबाहिक जीवनमा बाँधिइन् सोनाक्षी](https://snowberry.prixacdn.net/media/gallery_folder/sonaxi%2520marrige_miUZOva4Md_wdgtrmgctqo03oicrxrjucn3wepce2h9db5tpbrvduki67dv2mglgalafkb4_BrTycEQQDU_jauv68ln5lvdyjq1aubwijncbbhihuv0jlmaon5dxtqipnfbvxxkfmgabpws.jpg)
प्रतिक्रिया