ब्याटम्यानु को ट्रेलर सार्वजनिक

हलिउड फिल्म ‘द ब्याटम्यान’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ। आइतबार वार्नर ब्रोज पिक्चर्सको आधिकारिक युट्युब च्यानलमार्फत् ट्रेलर सार्वजनिक भएको हो। ब्याटम्यान श्रृंखलाको यो नयाँ फिल्ममा ब्रुस वेनका रूपमा रोबर्ट प्याटिन्सनले भूमिका निर्वाह गरेका छन्।  रोबर्ट ‘द ट्वाइलाइट सागा’ फिल्म श्रृंखलाबाट चर्चा कमाउन सफल अभिनेता हुन् । यसमा रोबर्टसँगै जोइ क्राभिट्ज, पल डानो, जेफ्री राइट, जोन टुर्टुरो, पिटर सर्सगार्ड, एन्डी सर्किस र कोलिन फ्यारेल पनि मुख्य भूमिकामा छन् ।