पूजा वेदी कोरोना संक्रमित

एजेन्सी – भारतीय अभिनेत्री पूजा बेदी पनि कोरोना संक्रमित भएकी छिन् । उनले आफैंले सामाजिक सन्जालमा यसबारे जानकारी दिएकी हुन् ।  उनले आफूलाई सुरुमा ज्वरो आएको र कोरोना परीक्षण गर्दा पोजेटिभ आएको बताएकी छिन् ।

उनले सुरुमा आफ्नो घाँटीमा पनि समस्या देखिएको बताएकी छिन् । पछिल्लो केही समयदेखि एलर्जी भएको र ज्वरो आएको उनले सामाजिक सन्जालमा उल्लेख गरेकी छिन् ।

यसअघि पूजाले आफूले कोरोनाभाइरस भ्याक्सिन नलगाउने पनि बताएकी छिन् । उनले प्राकृतिक रुपमा आफूमा रोगसँग लड्ने क्षमता बढोस् भन्नेन उद्देश्यले कोरोनाभाइरस भ्याक्सिन नलगाउनले निर्णय गरेको बताएकी हुन् । अनि भ्याक्सिन नलगाउने निर्णय गर्दा उनले यसलाई आफ्नो निजी फैसला भनेकी थिइन् ।

अहिले कोरोनाभाइरस संक्रमितभ भए पछि चाहिँ उनले मानिसहरुले आफूलाई जे ठिक लाग्छ, त्यही गर्नु पर्ने बताएकी छिन् ।